सिटिइभिटी आयोगले भन्यो, सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने कार्य नगर्नु
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।
एक लाख रुपियाँ घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ
सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ ।
काठमाडौं विश्वविद्यालय र मधेश विश्वविद्यालयबीच सहकार्य
काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् ।
अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै
स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो ।
सात दिनभित्र सम्पर्कमा नआए २२ जना प्रहरीलाई सेवाबाट हटाइने
नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सभापति देउवाले सम्बोधन गर्नुहुने
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बुधबार अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कोशी सरकार गठनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो ।
विपत् पूर्वतयारी गर्न निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा विपत् पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा उहाँले विपत् आउनु अगाडि नै प्रभावित हुन सक्ने क्षेत्र पहिचान गरेर तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेका गोदाम घर चालु अवस्थामा राख्न पनि निर्देशन दिनुभयो। बैठकमा मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र प्रदेश विपत् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो।
चितवन निकुञ्जको सडक मर्मत
भरतपुरबाट माडी प्रवेश गर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु भएको छ। हुलाकी सडकखण्ड अन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो। यो भत्केर आवतजावत गर्न समस्या भएपछि मर्मत सुरु गरिएको हो। माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्रको सडकमा काम गर्न जटिल भएको बताउनुभयो। उहाँले सडकमा परेको खाल्टो, भत्केको स्थानमा पुरेर यातायात सहज बनाउन लागिएको जानकारी दिनुभयो।
ओझेलमा स्यप्लुङ ओगेन दोङग छ्योलिङ् गोन्पा गुम्बा
गौतम बुद्धका आदर्श शिक्षा र उहाँका सम्पूर्ण ज्ञानहरुमा आधरित दोलखाको बिगु गाउँपालिका–१ स्यालुको स्यप्लुङ ओगेन दोङग छ्योलिङ् गोन्पा गुम्बा महत्त्वपूर्ण हुँदाहुँदै ओझेलमा परेकोमा स्थानीय चिन्तित बनेका छन् ।
प्रतिनिधि सभा बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ ।
प्रनाउ केसी सेवाबाट बर्खास्त
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई मङ्गलबार बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
प्रस्तावित सङ्घीय निजामती विधेयक : विवादित विषय सुल्झ्याइँदै
सङ्घीय निजामती सेवा विधेयकमा यसअघिदेखि नै पेचिलो बनेका कतिपय विषयमा उच्चस्तरीय सहजीकरण समितिले छलफल गरी टुङ्ग्याउने प्रयास गरिरहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १० गते रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको विधेयक मस्यौदामा उच्चस्तरीय समितिले छलफल गरी टुङ्ग्याउन लागेको हो । गत वैशाखमा सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा नमिलेका कतिपय विषय सम्बन्धित निकायसँग समन्वय गरी टुङ्ग्याउन समिति गठन गरेको थियो ।
लम्पी स्किन महामारीका कारण चाँगुनारायणमा ८० प्रतिशत पशु सङ्क्रमित
गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई सङ्क्रमित बनेका छन् ।
खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ ।
कम हुँदै यातायात व्यवस्था कार्यालयको भिड
चाबहिलकी सरिता रिजाल दिउँसो एक बजे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । त्यहाँ बिहानै पुगे दिनभरमा काम सकिने भए पनि ढिला पुगेकाले अर्को दिन पनि आउनुपर्नेमा उहाँमा चिन्ता थियो ।
जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।
प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकबीच भेट
इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ ।
कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।
मुग्लिन नारायणगढ सडक एकतर्फी सञ्चालनमा
पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरको अवरोध
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित शङ्खमुल घाटमा स्थानीयले गरेका ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरले अवरोध गरेको हो ।
उपचारका लागि कोही विदेश जानु पर्दैन : मन्त्री बस्नेत
वीर अस्पतालले विशिष्ठ व्यक्ति (भिआइपी र भिभिआइपी) का लागिथप शय्या र सुविधासहित भिआइपी र भिभिआइपी कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआइपी र भिभिआइपीका लागि दुई शय्या छुट्याइएको थियो ।
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन : नेता निधी
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै कांग्रेस निधीले यस्तो बताउनुभएको हो ।
देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ : पूर्वसभामुख रानाभाट
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।