बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ
यो वर्षको साउन महिना सकिँदा बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यो वर्ष यस प्रदेशमा वर्षे धानबाली हुने क्षेत्रफल भने घटेको छ । गत प्रदेशमा वर्षे धानबाली हुने कुल क्षेत्रफल एक लाख २० हजार ५६९ हेक्टर रहेकोमा यो वर्ष एक लाख १३ हजार ५२३ हेक्टर क्षेत्रफलमा वर्षे धानबाली खेती हुने बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
सुविधासम्पन्न बन्दै मन्थली अस्पताल
रामेछापको मन्थलीमा सञ्चालित मन्थली नगर अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेसँगै बिरामीको चाप बढेको छ । मन्थली अस्पतालमा रामेछाप
एकीकृत समाजवादीको बैठक सुरु
काठमाडौँ, भदौ ६ गते । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो ।
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला
डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
अपाङ्गता भएकाको अधिकार कार्यान्वयन गर्न माग
राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाका बारेमा अनुगमन गर्न माग गरेको छ । महासङ्घले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाउँदै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ कार्यान्वयन तथा अनुगमन गर्न माग गरेको हो ।
पर्यटनमन्त्री किरातीलाई पितृशोक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।
चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने
चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो ।
सडक अवरुद्ध हुँदा राहत प्रभावित
सडक अवरुद्ध भएपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. ७ र ८ का पहिरोपीडितले राहत पाउन सकेका छैनन् । पहिरोपीडित दुवै वडाका ६५ घरपरिवारलाई दाताले राहत दिन खोजे पनि पाउन नसकेको बताइएको छ ।
दुधमा अनुदानले किसान हर्षित
आफूले दैनिक बिक्री गरेको दुधमा बागमती प्रदेश सरकारबाट थप प्रोत्साहन रकम प्राप्त गरेपछि जिल्लाको बेथानचोक गाउँपालिकाका किसान खुसी भएका छन् । प्रदेश सरकारबाट दुधमा उत्पादनमा आधारित अनुदानको रकम बेथानचोकका करिब दुई सय किसानले प्राप्त गर्दै आएका छन् ।
ललिता निवास प्रकरण: जग्गा फिर्ता हुने आधार बन्यो
सिआइबीका प्रमुख किरण वज्राचार्यले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान वस्तुगत र तथ्यपरक रूपमा भएको बताउँदै हिनामिना भएको सरकारी जग्गा पुनः राज्यका नाममा फिर्ता हुने आधार तय भएको दाबी गर्नुभयो।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक : मन्त्रालय १२ वटा बनाउने निर्णय
११ मन्त्रालय रहेको बागमती प्रदेशमा मङ्गलबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेसँगै १२ वटा मन्त्रालय पुगेको छ।
मातृशिशु सेवा भवन निर्माण गर्न ८० लाख सहयोग
हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा मातृ शिशु सेवा सञ्चालनका लागि तयारी थाल्न हेटौँडा अस्पताललाई सहयोग उपलब्ध गराउने भएको छ ।
एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।
विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म
न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ ।
सदनको अवरोध हटाउने जिम्मेवारी सभामुख र अध्यक्षको : सदस्य गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताउनुभएको छ ।
विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ ।
साउनमा आन्तरिक राजस्वको लक्ष्य भेटिएन
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।
फर्मासिष्टभन्दा फार्मेसीको सङ्ख्या बढी हुनु हुँदैन : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको सङ्ख्या बढी हुनुपर्ने बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिमा चार सदस्य मनोनीत
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा चार सदस्य मनोनीत हुनुभएको छ ।
उच्चस्तरीय आयोग सम्बन्धमा सहमति भयो : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका नेता एवम् प्रमुख सचेतक रमेश लेखकले उच्चस्तरीय आयोग गठनको सम्बन्धमा सहमति भएको बताउनुभएको छ । उहाँले सोमबार राति अबेरसम्म शीर्ष नेताबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को माग अनुसार सहमति भएको बताउनुभयो ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।
आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै
नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ ।
नारायणगढ मुग्लिन सडक १७ घण्टापछि सञ्चालनमा
सोमबार राति ८ बजेतिर नाम्सी पुल नजिकै खसेको पहिरो पन्छ्याएर मंगलबार दिउँसो १ बजेदेखि यातायात सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार
सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मङ्गलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।