काठमाडौं, भदौ ५ गते । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा चार सदस्य मनोनीत हुनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गर्नुभएको जानकारी दिनुभयो ।
उहाँले कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा निवर्तमान महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई चयन गरिएको पनि जानकारी दिनुभयो ।