गुणबहादुर रोका
सुलीकोट, वैशाख ३१ गते । उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ । पर्यटकियको रोजाईमा परेको गणेश हिमाल र कालोपोखरी पुग्ने सडक बर्खा सुरु भएसँगै धार्चे गाउँपालिका-६ काशीगाउँ र वडा नम्बर २ केरौजा जोड्ने सडक गाउँपालिकाले सडक मर्मत गर्ने कार्य सम्पन्न गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
उत्तरी गोरखा पर्यटकिय गन्तव्य को केन्द्रबिन्दु भएकाले पनि हिउँद बर्खा बाह्रै महिना पर्यटकलाई सवारी साधान पुग्ने ठाउँ सम्म सडक मर्मत गर्ने कार्य भएको धार्चे गाउँपालिकाले जनाएको छ ।
धार्चे गाउँपालिकाको पहलमा उत्तरी गोरखावासीको मागलाई सम्बोधन गर्दै गाउँपालिकाले भत्किएका सडकहरूमा खाल्टा खुल्टी मर्मत सम्भार गरी भेल वा बा पानीले सडकमा असर नगर्ने गरी कुलो तथा नाली बनाउनुका साथै सवारी साधनहरू आवतजावतमा सहज बनाइएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
उहाँका अनुसार यस सडक गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका विभिन्न पर्यटकिय क्षेत्रहरू जानका लागि सडक बाटो भएर जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको पहलमा सडक बाटो मर्मत गरी सुचारु गरिएको उहाँले बताउनुभयो ।
धार्चे गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने र नाली बनाउने काम निरन्तर रूपमा चलिरहेकाले सडक भासिएको ठाउँमा नयाँ सडक खोली सडक बाटो सहज बनाइ सवारी साधन सञ्चालनमा ल्याएको धार्चे गाउँपालिकाले जनाएको छ ।
बर्खा लागे पनि नियमित रूपमा सडक सञ्चालनमा आउँछ, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “पर्यटकिय गन्त्वयको आर्कषण गणेश हिमाल र काला पोखरी पुग्न आयु खोलादेखि यार्सासम्म सहजै सवारी साधानहरू आवतजावत हुन्छ ।”
पर्यटकिय गन्त्वयलाई मध्येनजर गर्दै धार्चे गाउँपालिकाले उत्तरी गोरखा पुग्ने सडकहरू पालिकाको आन्तिरिक बजेटबाट व्यवस्थान हुने गरी मर्मत सम्भार गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनुभयो ।