चोभार बन्दरगाहमा भन्सार जाँचका लागि आउन थाले नयाँ सवारी
काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनको चाप बढ्दै गएको छ । असार दोस्रो सातादेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउन सुरु गरेकामा हालसम्म ४९ वटा नयाँ सवारीसाधनले भन्सार जाँच पास गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हालसम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर भन्सार जाँच पासका लागि आइसकेको र सो आउने क्रम निरन्तर बढिरहेको छ । नयाँ सवारीसाधन आउने क्रम निरन्तर जारी रहेको छ ।
पिकनिक खान गएका दुई जना त्रिशुलीमा बेपत्ता
शनिबार पिकनिक खान गएका भरतपुरका दुई जना त्रिशुली नदीमा वेपत्ता भएका छन् । भरतपुर मनपा २९ गाईघाटस्थित त्रिशुली नदी किनारमा भरतपुरबाट पिकनिक खान गएका दुई जना नदीमा बेपत्ता भएका हुन् ।
सिपालु गृह श्रमिकका फेरिएको दैनिकी
विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आउनुभएको छ । उक्त कार्यबाट उहाँले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ ।
जिल्ला समन्वय समितिलाई साधन स्रोतको अभाव हुन दिइन्न : मन्त्री देवी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
जसपा अध्यक्ष यादव भारत प्रस्थान
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ । उहाँ पारिवारिक कामका सिलसिलामा भारतको केरला जानुभएको हो ।
सुशासनका लागि विशेष अभियान चलाउँछौँ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताउनुभएको छ ।
दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल
खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उहाँको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् ।
देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह
पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्गलबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ ।
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) का लागि नेपालले तयारी थालेको छ ।
खोपासी पनौतीको प्राचीन विष्णु मन्दिर (फोटो फिचर)
काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नम्बर १० मा अवस्थित प्रख्यात बिष्णुमूर्ति मन्दिर । यो मन्दिर पनौती बजारदेखि करिब तीन किमी पूर्व मैल बोट, खोपासी भन्ने स्थानको सडकको दायाँतर्फ रहेको छ।
बागमती नदीमा गरियो र्याफ्टिङ (फोटो फिचर)
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नदी महोत्सव तथा महाजल यात्रा गरिएको छ । नेपाल एसो सिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि शनिबार नदी महोत्सव तथा महाजलयात्राको आयोजना गरिएको हो ।
कालिञ्चोक मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको छ
बागमती प्रदेशको दोलखा जिल्लाका नौ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिका एक हो । नौ वटा वडामा विभाजित दोलखाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिका १३२.४९ वर्ग किलोमिटर रहेको छ । प्र
बाढीले विद्यालय बगायो, सिन्धुपाल्चोकको जनजीवन प्रभावित
अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो । अन्य भवन पनि जोखिममा छन् ।
विशिष्टीकृत श-या दस प्रतिशतभन्दा कम
बागमती प्रदेश सरकार मातहतका अस्पतालको क्षमताको आधारमा १० प्रतिशतभन्दा कम विशिष्टीकृत शøया रहेको पाइएको छ । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको श-या क्षमताको आधारमा ९२ प्रतिशतभन्दा बढी सामान्य श-या रहेको पाइएको हो ।
पारस्परिक लाभ लिने मामिलामा स्थानीय तह चुके
कम लागतमा दिगो पूर्वाधार विकासका लागि अन्तरपालिका सहकार्य र समन्वय गरी पारस्परिक लाभ लिन सकिने भए पनि त्यसतर्फ स्थानीय तहको ध्यान जान सकेको छैन। समान समस्या, दिगो पूर्वाधार निर्माण, विपत् तथा वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनलगायतका क्षेत्रको योजनाका लागि पालिकाहरूले सहकार्य र समन्वय गर्न सकेका छैनन्।
दरबन्दीमै फिर्ता पठाइँदै कर्मचारी
प्रदेश र स्थानीय तहको दोहोरो सहमतिका आधारमा स्थानीय तहमा सरुवा भएका कर्मचारीलाई स्थानीय तहले दरबन्दी भएकै ठाउँमा धमाधम फिर्ता पठाउन थालेका छन्। सरुवा भई जाने र आउने प्रदेश तथा सम्बन्धित स्थानीय तहको दोहोरो सहमतिका आधारमा सरुवा भएका कर्मचारी स्वीकृत दरबन्दीभन्दा बढी भएको भन्दै कतिपय स्थानीय तहले ती कर्मचारीलाई दरबन्दी भएकै कार्यालयमा फिर्ता पठाउन थालेका हुन्।
डोकोनाम्लोसहित दैनिक नदी किनारमा
अपिल घिमिरेले राप्ती नदी वरपर प्लास्टिक, सिसालगायतका फोहोर टिप्न थाल्नुभएको छ वर्ष बितिसकेको छ । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय घिमिरेको दिनचर्या बिहान उठ्नासाथ डोकोनाम्लो लिएर फोहोर टिपेर बित्ने गरेको छ ।
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ ।
नाग्दीखोलामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
पृथ्वी राजमार्गको नाग्दी खोलामा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार शुक्रवार साँझ पौने ७ वजेतिर पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको तयारी
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राका अवसरमा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने भएको छ ।
भोलिसम्म झरी पर्ने
काठमाडौं उपत्यकासहित कर्णाली र सुदूरपश्चिम बाहेक पाँच प्रदेशमा भइरहेको वर्षा शनिबार बिहानसम्म नै जारी रहने भएको छ ।
भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर अत्तालिएका छन् : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताउनुभएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर –२९ पन्ध्र किलो भन्ने स्थानमा शुक्रबार अपरान्ह भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।