गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित
गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभा बैठक सकिएको छ ।
आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको पहिलो महिनाको लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
सदनमा प्रधानमन्त्री प्रचण्डको जवाफका १६ सवाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको बताउनुभएको छ।
२० केजी चाँदीसहित दुईजना पक्राउ
सिन्धुली जिल्लामा प्रहरीले मङ्गलबार अवैध २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज (मङ्गलबार) नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।
तत्कालीन नगरप्रमुखसहित १० जनाविरुद्ध एक करोड बढी भ्रष्टाचार मुद्दा
कञ्चनपुरको तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्टसहित १० जनाविरुद्ध एक करोड ३४ लाख ९७ हजार ४५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साइबर ब्युरो निर्माणमा कोरियाली सहयोगप्रति उपप्रधानमन्त्री श्रेष्ठको आभार
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गर्नुभएको छ ।
बजेट र योजनाबीच तालमेल भएन : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सार्वजनिक शौचालयको उपयुक्त स्थान छनौट गर्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा सार्वजनिक शौचालयको उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न अनुरोध गरेको छ ।
प्रतिनिधि सभा बैठक : भ्रष्टाचारदेखि जनजीविका सहज बनाउने विषय उठाइए
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा भ्रष्टाचारका मुद्दामा गम्भीर छानबिन हुनुपर्नेदेखि नागरिकका जनजीविकामा देखिएका समस्याका विषय उठेका छन् ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संसदमा छलफल
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठुलो लगानीको सरकारले सुरक्षा गर्ने बताउनुभएको छ ।
महाधिवेशन केन्द्रित हुन भ्रातृ संस्थालाई कांग्रेस नेता महरको आग्रह
पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई महाधिवेशन केन्द्रित हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आग्रह गर्नुभएको छ ।
आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।
भार्लाङमा सिँचाइ सुविधापछि बाह्रैमास तरकारी खेती
चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभयो ।
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु
नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।
नयाँ नाका खोल्ने विषय चीन भ्रमणको कार्यसूचिमा छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताउनुभएको छ ।
जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छ : नेता पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताउनुभएको छ ।
सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभएको छ ।
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात’ सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ ।
हेटौँडा बजार क्षेत्रको सडकका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तारका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ ।
देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नै पर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ।
हेटौँडा सिमेन्टको मूल्य घट्यो
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।
सहर पस्नेलाई रोकेन गाउँको विकासले
मुलुकले सङ्घीय शासन प्रणाली आत्मसात् गरेको एक दशक भइसकेको छ । सङ्घीय शासन प्रणाली अनुरूपको संविधान र संरचना निर्माण भएको पनि आठ वर्ष पुग्नै लागेको छ । प्रदेश र स्थानीय तहमार्फत स्रोत, साधन र अधिकार गाउँसम्म पुगेको छ ।