यामराज बिष्ट
पञ्चकोशी (दैलेख), वैशाख ३१ गते । शान्तिका लागि देशभर साइकल तथा पैदल यात्रा गरिरहनु भएका रतुवामाई नगरपालिका –८ दाम्राभिट्टा मोरङका ७२ वर्षिय रामभक्त कौडिण्य प्याकुरेल दैलेख सदरमुकाम आइपुग्नुुभएको छ ।
राष्ट्र शान्तिका लागी सातसय ५३ स्थानीय तहमा पैदल तथा साइकलबाट यात्रा गर्ने क्रममा उहाँ दैलेख सदरमुकाम आइपुग्नु भएको हो । २०७८ साल मंसिर ९ गतेदेखि स्थानीय तहमा भेटघाट गर्दै करिब तीन बर्ष यता साइकल तथा पैदल यात्रा गरेर दैलेख आइपुगेको उहाँले बतानुभयो ।
मोरङबाट सुरु गरिएको यात्रा अहिलेसम्म सातसय ३४ स्थानीय तहमा पुगिसकेको उहाँको भनाइ छ । “जसरी भगवान बुद्धले विश्वभर बुद्ध सन्देश फैलाउनुभएको थियो । आफूले पनि त्यसैगरी शान्तिका लागि सन्देश फैलाउने उहाँले बताउनुभयो ।
कतिपय ठाउँमा साइकल गुडाउन गाह्रो भएपछि साइकल हातमा डोर्याउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय स्तरमा मात्र नभइ विश्वमाझ शान्तिको सन्देश फैलाउन आफूले पैदल तथा साइकलयात्रा गरेको बताउनुभयो ।
पछिल्लो समयमा देशमा नागरिक अशान्तिपूर्ण तरिकाले जिउन बाध्य भइरहेको बेला सबैको मनमा शान्ति फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको प्याकुरेलको भनाइ छ । उहाँका अनुसार मसान्तसम्म आफूले सातसय ५३ स्थानीय तहमा साइकल तथा पैदल यात्रा गरिसक्ने जानकारी दिनुभयो ।