सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही
जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ ।
आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु
मृतकको आत्मशान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज (बिहीबार) भक्तपुरका नेवार समुदायले धूमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ ।
महानगर प्रहरीको भूमिका प्रशंसनीय छ : उपप्रमुख डंगोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगर प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया
चितवन मेडिकल कलेज (सिएमसी) ले विगत १० वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा.डा श्यामराज रेग्मी र प्रा. डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो ।
बर्खा लागेसँगै पढाई छुट्ने चिन्ता
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२, धेत्रेदमारको काला भैरव प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत धेत्रेका विकास विकलाई बर्खा लागेपछि पढाई छुट्ने चिन्ता हुन्छ ।
लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्नुभएको छ ।
जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने
जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गौरव यात्रा र्याली
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आज आफ्नो पहिचानसहितको वृहत् र्यालीसहितको विविध कार्यक्रमको आयोजना गर्दैछ ।
सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ ।
क्वाँटी सबै उमेर समूहलाई लाभदायी
हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडबाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडबाड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।
पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ ।
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो ।
साहसिक पर्यटनको गन्तव्यको रूपमा नेपाललाई विश्वभर प्रचार गर्नु पर्छ : निमानुरु शेर्पा
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ ।
सय दिने उपलब्धि,सबै श-या निःशुल्क
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालका सबै सामान्य शøया निःशुल्क गर्ने निर्णय कार्यान्वयन हुनुलाई सबैभन्दा महìवपूर्ण उपलब्धि भएको बताउनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट बागमती प्रदेशभित्र रहेका १३ वटा प्रादेशिक अस्पतालका आइसियु, एनआइसियु र क्याबिनबाहेकका सबै श-या भदौ १ गतेदेखि निःशुल्क गरिएको छ ।
जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ ।
अस्पतालका उपकरण प्रयोगविहीन
दोलखा सदरमुकाम चरीकोटमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् ।अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले पशु बिरामी पर्दा उपचार गर्न भनेर ल्याइएका उपकरणहरू प्रयोगविहीन बनेका हन् ।
बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु
मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।
शुक्रबार काठमाडौँ महानगरमा सार्वजनिक बिदा
काठमाडौँमा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।
गोसाईंकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन् ।
बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ : सभापति पन्थ
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।
प्रदेश सभाले पाउने भयो बिजनेस
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ । बिजिनेसविहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि सोमबार बस्ने भएको हो
रैथाने बालीको बजारीकरण गर्दै पालिका
हरेक साता काठमाडौँमा लाग्दै आएको रैथाने हाटबजार मेलामा मकवानपुरगढी गाउँपलिकाले पालिकाभित्र उत्पादन भएका रैथाने बाली तथा सामग्रीको प्रदर्शनी तथा बिक्रीवितरण गरेको छ । मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवं रैथाने बालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाटबजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान आफैँ बिक्री गर्न पुग्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश
सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताउनुभयो ।
सेनाको जिम्माका सडकबारे छलफल गरिने
नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको भौतिक प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । सो सम्बन्धमा बुधबार मन्त्रालयमा बसेको बैठकले के कारणले आयोजना ढिला भए भन्नेबारे नेपाली सेनासँग जवाफ माग्ने गर्ने निर्णय गरेको छ । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले अहिले पाँच वटा सडक आयोजनामा काम गरिरहेको छ ।