एमसिसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जसपाको बागमती प्रदेश समितिको अध्यक्षमा गोले
जनता समाजवादी पार्टी (जसपा) नेपाल बागमती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार बिहान बालकुमारीमा आयोजित पुनर्गठन भेलाबाट जय गोलेको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।
सभापति देउवाद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
नमुना बनाउने गरी काम गरेका छौँ
स्थानीय तहको दोस्रो निर्वाचन भएको १५ महिना पूरा भएको छ । यस अवधिमा काठमाडौँको तारकेश्वर नगरपालिकामा विकास निर्माणका साथै व्यवस्थित र प्रविधिमैत्री सेवा प्रवाहको थालनी भएको छ ।
बजेट सुनिश्चित गरेर मात्र ठेक्का : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्रोत सुनिश्चित नभई ठेक्का लागेका र बिचैमा काम अलपत्र पर्ने कुरालाई निराकरणका लागि योजनाको प्राथमिकीकरण गरी योजनाहरूको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “योजनाको प्राथमिकीकरण नगरी कतिपय कार्यक्रमहरू सञ्चालन गर्दा पहिलो वर्ष काम हुने, अर्को वर्षका लागि बजेट सुनिश्चित नहुँदा योजना अलपत्र पर्ने क्रम बढेको छ, यसलाई निराकरण गर्नका लागि तीनै तहको
नागढुङ्गा–मुग्लिन सडक विस्तार, ट्रकका लागि अलग्गै लेन
सडक विस्तारको काम भइरहेको पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डमा ट्रकका लागि छुट्टै लेन निर्माण गरिने भएको छ । गह्रौँ मालसामान बोकेका ट्रक छिटो गुड्न नसक्ने र अन्य सवारीसाधन तिनलाई उछिनेर जान समस्या हुने भएपछि ट्रकका ला
चित्लाङमा हिलेजात्रा
मकवानपुरको ऐतिहासिक बस्ती थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा शुक्रबार हिलेजात्रा आयोजना गरिएको छ। लामो समयदेखि रोकिएको ऐतिहासिक तथा पौराणिक महत्वको नाच (हिलेजात्रा) यो वर्ष पुनः आयोजना गरिएको हो। जात्रा आइतबारसम्म चल्ने स्थानीय राजन बलामीले जानकारी दिनुभयो। उहाँका अनुसार जात्रामा खेतमा रोपाइँ गरे जस्तै गुठियारको घरको आँगनमा पुगेर बिहानको ११ बजेदेखि राति ७–८ बजेसम्म नाचगान गरिन्छ।
कांग्रेसले गर्यो १५ विभाग प्रमुख चयन
नेपाली कांग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ ।
काठमाडौँका यी क्षेत्रमा आज दिनभर विद्युत् अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) दिनभर काठमाडौँ उपत्यकाका यी क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।
एक सय २० जना डिएसपीको सरुवा
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो ।
काठमाडौँ ट्रान्जिट बनाएर भैरहवा–बेङ्लुरू उडान
नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै बेङ्लुरू उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको निगमले गत मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर गन्तव्यमा पु-याउने सुविधा सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–बेङ्लुरूकै भाडादरमा उडान सुरु गर्न लागिएको हो ।
मुद्दा दोहोर्याउने अनुमति पाउँदा फैसला कार्यान्वयन नहुने
मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ (२) बमोजिमको सुविधा पाएको व्यक्तिको हकमा पक्राउ गरी थुनामा पठाउन नमिल्ने व्याख्या सर्वोच्चको संयुक्त इजलासले गरेको हो।
सांसदको कुरा सम्बोधनमा सरकारले ध्यान दिएन : सचेतक बर्तौला
नेकपा (एमाले) प्रतिनिधि सभा सचेतक महेशकुमार बर्तौलाले संसदमा सांसदहरुले उठाएका विषयमा सरकारले सुनुवाई नगर्ने प्रवृत्ति बढ्दैगएको बताउनुभएको छ ।
कृषकहरुले मुलामा पाए राम्रो मूल्य
एक महिना अघिसम्म मूल्य नपाएको गुनासो गर्दैआएका मकवानपुरको थाहा नगरपालिका ७ र ८ का किसानले अहिले मुलामा राम्रो मूल्य पाएपछि दंग परेका छन् ।
चित्लाङमा हिले जात्राको रौनक
उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ ।
त्रिदिवसीय ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ सुरू
त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।
अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिनुभएको छ । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।
राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढङ्गले अगाडि बढाइनेछ : शिक्षामन्त्री
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ ।
काठमाडौं र ललितपुरमा शनिबार विद्युुत अवरुद्ध हुने
नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ ।
मध्यबर्खामा पनि खानेपानीको पिरलो
धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ ।
काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले भैरहवाबाट बैंग्लोर उडान गर्ने
नेपाल वायुसेवा निगमले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंग्लोर उडान गर्ने भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नक्साबारे छलफल हुन्छ : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वाधार विकासमा जनश्रमदान
सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा हालैको बाढी पहिरोबाट क्षतिग्रस्त बनेको विकासका पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्न सुरु गरिएको छ ।