तीजलाई तडकभडक नबनाउन प्रशासनको अनुरोध
हिन्दु नारीको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सूचना प्रकाशन गरी अनुरोध गरेको छ ।
छतबाट लडेर मजदुरको मृत्यु
छतबाट लडेर घाइते महिला मजदुरको शनिबार हेटौँडामा मृत्यु भएको छ । हेटौँडा–३, बसामाडीमा निर्माणाधीन घरमा काम गर्दै आउनुभएकी मजदुरको छतबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
वडाअध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
सोलुखुम्बुको खिुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
निकुञ्जमा मृत भेटियो गैँडा
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ ।
नेकपा एसको सचिवालय बैठक आह्वान
नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी
नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसँैअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ ।
प्रतिजैविक औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन
औषधि व्यवस्था विभागले प्रतिजैविक (एन्टिबायोटिक) औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताउनुभयो ।
पेप्सीकोलामा दुर्घटना : दुई जनाको मृत्यु
काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो ।
जसपाकोे विस्तारित बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
पैँतीस दिनभित्र खाली गर्न निर्देशन
सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको नाममा हेटौँडा उपमहानगरपालिका–५ मा रहेको जग्गा अतिक्रमणमा परेको छ । स्थानीय क्लब र केही व्यक्तिले केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएपछि हटाउने प्रव्रिmया थालेको छ । अतिक्रमण गरी बनाएका घरटहरालगायतका संरचना हटाउने गरी केन्द्रले प्रव्रिmया सुरु गरेको हो । केन्द्रको जग्गा छ जनाले अतिव्रmमण गरी बसेको पाइएको छ
पेप्सिकोला सवारी दुर्घटना, एक जनाको मृत्यु, सात घाइते
पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
निकुञ्जमा सडक निर्माण गर्न ‘डिपिआर’ र ‘इआइए’
चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन९ डिपिआर ० र वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० को काम अघि बढाइने भएको छ ।
काँचुली फेर्दै सिन्धुली अस्पताल
सिन्धुली जिल्लाकै सबभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पतालले काँचुली फेर्दै गएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पताल यतिखेर आफूलाई सुधार्ने र स्वरूप फेर्ने क्रममा लागेको छ । प
‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियाे लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
ढुङ्गा व्यवस्थापनको काम सुरु
दोलखाको सिँंगटीमा पहिरोसँगै भीमकाय ढुङ्गा बस्तीमा खस्ने जोखिम बढेपछि नेपाली सेना र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले व्यवस्थापनको काम थालेको छ ।
एक केजी सुनसहित तामाङ पक्राउ
अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।
पूर्वाधार श्रमदानबाटै मर्मत
हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका भौतिक पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्न सुरु गरिएको छ । यो गाउँपालिकाले बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार श्रमदानबाटै मर्मत गर्ने अभियान सञ्चालन गरेको हो ।
राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप
राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ ।
प्रदेश सरकारले बनायो पन्चानब्बे पक्की पुल
बागमती प्रदेश सरकारले हरेक वर्ष भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ । प्रदेश सरकार बनेयता भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पक्की पुल, झोलुङ्गे पुल, ढलान सडक, कालोपत्रेसहित सडक स्तरोन्नति, सडकको नयाँ ट्र्याक निर्माण, सडक ग्राभेल, मर्मतसम्भारलगायतका काम हुँदै आएको छ ।
पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौँ : उपाध्यक्ष भुसाल
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताउनुभएको छ ।
सदस्यता वितरणप्रति प्रेस चौतारीको आपत्ति
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले गैर पत्रकारलाई पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम भएको भन्दै नेपाल पत्रकार महासंघप्रति रोश प्रकट गर्नुभएको छ ।
मकवानपुरगढीमा श्रीकृष्ण जन्माष्टमीको तयारी
मकवानपुरको मकवानपुरगढी दरवार परिसरमा लाग्ने मेलाको तयारी थालिएको छ । मकवानपुरगढी दरवार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो एकादशी, तीज, फागू पूर्णिमा लगायतका पर्वमा जात्रा लाग्दै आए पनि कृष्ण जन्माष्टमीमा मेला भर्न आउने भक्तजनको भिड लाग्नेगरेको छ ।
कम्युनिष्ट शक्तिबीच एकता आवश्यक : उपमहासचिव गुरुङ
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुभएको छ ।
ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने
ललितपुर महानगरले कुस्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त आकाशे पुल अपाङ्गतामैत्री हुनेछ ।