बीपी साहित्य महोत्सवमा गजल साँझदेखि चित्रकला प्रदर्शनी हुने
नेपाली कांग्रेसले एक सय १० औं बीपी जयन्तीको अवसरमा आयोजना हुन गइरहेको बिपी साहित्य महोत्सव २०८० मा कविता, गजल साभ्mदेखि चित्रकला प्रदर्शनी हुने भएको छ ।
३७ सदस्यीय बीपी साहित्य महोत्सव मूल समारोह समिति गठन
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते सम्पन्न हुने बीपी सहित्य महोत्सवका लागि ३७ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।
गिरिबन्धु टी स्टेट प्रकरणबारे सरकारले छानबिन गर्नुपर्छ : सांसद खतिवडा
सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी
चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।
संविधान कार्यान्वयन र कानुन निर्माणमा जिम्मेवार बनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ ।
राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्याउनु : काठमाडौं जिल्ला प्रशासन
काठमाडौं जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, चौधको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा पुष्टि भएको छ।
‘उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने कलेज नेपालमै छन्’
जनप्रतिनिधि तथा शिक्षाविदहरूले कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न विदेश नै जानुपर्छ भन्ने मान्यता नराख्न विद्यार्थीहरूसँग आग्रह गरेका छन् ।
वर्षातका कारण जनधन गुमाएकालाई सरकारले राहतको व्यवस्था गर्नुपर्छ : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्नुहुँदै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अघि बढ्दै ‘सहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान
काठमाडौँ, भदौ १८ गते । ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब रु. ४२ करोड योगदान गरेको छ । प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्वसम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको हो । यसबाट सहरको सौन्दर्य बढ्ने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि विद्युत् नपुगेका ठाउँको विद्युतीकरण र सहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताउनुभयो । “घरघरमा विद्युत् बालेर मात्र नहुने रहेछ, सहरी सौन्दर्य तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनुपर्ने रहेछ, त्यसैले स्थानीय तहको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो, अहिले देशभरका स्थानीय तहबाट सडक बत्ती जडानको माग आइरहेको छ”, उहाँले भन्नुभयो “अहिले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेका छौँ ।” प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइट नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएका छन् । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था भएको प्राधिकरणको भनाइ छ । सफ्टवेरबाट विद्युतकाे महसुलको बिलिङ गरिन्छ भने बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युतकाे महसुल सम्बन्धित पालिकाले तिर्नेछन् । ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भीमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान भइसकेको छ । साथै भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । काठमाडौँसहित तीन महानगरपालिका, तीन उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान गर्न लागिएको छ । सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी साझेदारी रहनेछ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहनेछ । नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहनेछ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्नेछ । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्नेछ । नगरपालिकाले आफैँ शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । पोखराका स्मार्ट सडक बत्ती उद्घाटन नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताउनुभयो । उहाँले बाँकी स्थानमा सडक बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम सुरु गरिसकिएको उल्लेख गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सडक बत्तीले पोखराको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सडक बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पोखराको सौन्दर्य वृद्धिका लागि विद्युतीय तारलाई भूमिगत गर्ने काम भइरहेको बताउनुभयो । उहाँले विद्युत् आपूर्ति सुधारका लागि संरचना निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र सहजीकरण गरिदिन महानगरपालिकालाई आग्रह गर्नुभयो । पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने २३ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा दुई हजार सात वटा सडक बत्ती जडान गरिएको छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती छन् । सडक बत्ती जडान आयोजनाको लागत रु. १४ करोड ६५ लाख छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्य बढाउनेछ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ ।सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्नेछ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा छ । रासस
जीवित सङ्ग्रहालयको पहिचानमा भैरवदेखि नीलवाराही
मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व एवं परम्पराको भण्डार मानिने ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ
स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गर्नुभएको छ । मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान गर्नुभएको हो ।
गुम्बा नभत्काउन महानगरलाई आग्रह
समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो ।
वसुन्धरामा भ्यानको ठक्करबाट मृत्यु
काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो ।
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
गोसाइँकुण्डमा तीनलाख भेटी सङ्कलन
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु. तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।
अगाडि बढ्यो निकुञ्जमा सडक निर्माण प्रक्रिया
चितवन राष्ट्रिय निकुञ्जभित्र कालोपत्रेसहितको सडक निर्माणका लागि काम अगाडि बढाइएको छ । भरतपुरको जगतपुर ध्रुवघाटदेखि माडीको वनकट्टा र माडी ठोरीको सडक दुवै क्षेत्रमा कालोपत्रे सडकसहित पुल निर्माणको प्रक्रिया अगाडि बढेको हो ।
जनश्रमदानबाट सामाजिक काम
दोलखाको वैतेश्वर गाउँपालिका–७, मार्बुवासीले गाउँमा तीनमहिने सामाजिक काम सुरु गरेका छन् । सामाजिक काम अन्तर्गत यातायात सहज बनाउन सडक मर्मतसम्भार सुरु गरिएको वडाध्यक्ष मीनकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
काठमाडौंका छ हजार औषधि पसललाई कानुनी दायरामा ल्याउने
काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ ।
बलेफीको खानेपानी समस्या समाधान
वर्षायाममा समेत पानीको हाहाकार हुने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा खानेपानीको धारा पुगेको छ । थारथङ खोला करङ्गैरा कोले लिफ्टिङ खानेपानी आयोजनाको प्रतिनिधि सभा सदस्य माधव सापकोटा र नेपालका लागि जापानका राजदूत किकुता युताकाले उद्घाटन गर्नुभयो ।
सकियो यो वर्षको हिले जात्रा
उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ को चित्लाङमा लागेको यो वर्ष हिले जात्रा हर्षोल्लाससहित सकिएको छ।