प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा
बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज (मङ्गलबार) बिहान भेटेर राजीनामा बुझाउनुभएको हो ।
अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ जारी
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाइ जारी रहेको छ ।
रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. दासलाई सम्मान
नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई सम्मान गरेको हो । उहाँलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गर्नुभयो ।
पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी : डा.शाही
ग्लोबल क्यानको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक दिन ६ जनाको मृत्यु हुन्छ । क्यान्सर रोग विशषेज्ञ डा.अरुण शाहीका अनुसार पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।
जापान-नेपाल विकास मञ्चको स्थापना
नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ ।
टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ ।
अतिक्रमित जग्गाको खोजबिन सुरु
जिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ । गृह मन्त्रालयले अतिक्रमित जग्गाको अभिलेख राखी विवरण पठाउन निर्देशन दिएपछि खोजबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशनलगत्तै सम्बन्धित निकायमा अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ । मालपोत, नापी र वन कार्यालयबाट यस किसिमका जग्गाको विवरण नभएको पत्र प्राप्त भएको छ ।
विपत् व्यवस्थापन कोष कार्यविधि स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेशको विपत् व्यवस्थापनसम्बन्धी कोष परिचालनसम्बन्धी कार्यविधि तयार गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश विपत् व्यवस्थापन कोष–२०८० कार्यविधि स्वीकृत गरेको हो । मन्त्रीपरिषद्को सोमबार यहाँ बसेको बैठकले प्रदेशको सङ्गठन संरचना र दरबन्दीसहितको सङ्क्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो ।
सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम
चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो ।
हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गर्नुभएको थियो
अख्तियारी नआउँदा कार्यक्रम प्रभावित
समयमै कार्यक्रम, बजेट र अख्तियारी नआउँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (सुपर जोन) सिन्धुलीका कर्मचारी कार्यालय कुरेर दिन बिताउन बाध्य छन् ।
पर्यटकीय गन्तव्य बन्दै तीनधारे झरना
काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–२, काफलडाँडास्थित तीनधारे झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । कोरोना सङ्व्रmमणको समयदेखि सामाजिक सञ्जालमा प्रख्यात रहेको तीनधारे झरना हेर्नका लागि शुव्रmबार र शनिबार पर्यटकको भीड लाग्ने गरेको छ ।
मेथिनकोट अस्पतालमा निःशुल्क डायलासिस
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४, भकुन्डेबेँसीमा रहेको मेथिनकोट प्रादेशिक अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ ।
सञ्जालका सबै विषय समाचार होइनन् : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ ।
चेपाङ समुदायको पर्वमा बिदा दिने निर्णय
बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वागीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
क्यानडा पठाउने भनी ३४ लाख ठगी गर्ने दुई पक्राउ
सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रचारमार्फत आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीको लागि क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीद्वारा हेलो सरकारमा आएको गुनासो सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ढुङ्गाको जोखिम हटाउन निर्देशन दिनुभएको छ ।
आसिफ अर्धशतक बनाएपछि आउट
एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।
लेखा अधिकृत कार्कीविरुद्ध चार करोड ६७ लाख बढीको भ्रष्टाचार मुद्दा
जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध पदको दुरुपयोग गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।
निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न गृहको आग्रह
गृह मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरुमा वक्तव्यबाजी नगर्न र नगराउन आग्रह गरेको छ ।