जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङ्गठन र समिति अद्यावधिक हुनुपर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ ।
कक्षा १२ को पूरक परीक्षाको समयतालिका परिवर्तन
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आजबाट अनलाइन टिकटको व्यवस्था
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।
जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ
पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
बलात्कार आरोपमा डाक्टर राई पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालले कोदो उत्पादन बढाउनुपर्छ: कृषि मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने
समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो ।
‘डोजरे विकास’ ले निम्त्यायो विनाश
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले डोजरे विकासले विनाश निम्त्याएको बताउनुभएको छ । प्रकोप पूर्वतयारी सञ्जाल नेपालको आयोजना एवं अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगको आर्थिक प्राविधिक सहयोगमा मङ्गलबार हे
खाली जग्गा सदुपयोग गरी कागती खेती
धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो ।
जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् ।
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।
जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् ।
नौ महिनापछि विषयगत समितिको पहिलो बैठक
बागमती प्रदेश सभा गठन भएको नौ महिनापछि प्रदेश सभा अन्तर्गतका विषयगत समितिको बैठक बसेको छ । प्रदेश सभा अन्तर्गतका पाँच वटा विषयगत समितिको छुट्टाछुट्टै बैठक मङ्गलबार प्रदेश सभा सचिवालयमा बसेको हो ।
फोहोर व्यवस्थापनमा सरकार गम्भीर
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले काठमाडौँ उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति सरकार गम्भीरतापूर्वक लागिरहेको र यस सम्बन्धमा छिट्टै नै ठोस निर्णय लिने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउनुपर्छ : उपमहासचिव गुरुङ
नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउन सरकारसँग माग गर्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ
सुनसरीको नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।
सरकारसँग एक लाख ७० हजार क्विन्टल बढी खाद्यान्न मौज्दात
सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन पेस गर्न सात दिन म्याद
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन पेस गर्न गठित उपसमितिको म्याद सात दिनका लागि थप गरिएको छ ।
दलीय स्वार्थभन्दा माथि उठेर काम गरौँ : मन्त्री देवी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसदमा टेबुल हुने बताउनुभएको छ ।
फोहोर व्यवस्थापनका निम्ति सङ्घीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।
महानगरको सामाजिक विकास समितिको बैठक सम्पन्न
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० मा ४३.४९ प्रतिशत वित्तीय र ४५.९४ प्रतिशत भौतिक प्रगति भएको बताएको छ।
नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुने बताउनुभएको छ ।