गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक सम्मानित
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनसहित ज्यापु समुदायका १६ जना जनप्रतिनिधिलाई सम्मान गर्नुभएको छ।
नेवारी खानाको प्रवर्धन गर्न ‘खाना महोत्सव’
परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ ।
थाहा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा ढकाल
मकवानपुरको थाहा नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ। सङ्घको थाहा नगरमा शनिबार भएको प्रथम अधिवेशनले अध्यक्षमा ढकाललाई निर्विरोध निर्वाचित गरेको हो।
सामाजिक विद्वेष फैलाउने तत्त्वहरू क्रियाशील छन् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्त्वहरू अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ ।
जातीय सदभाव नभए देश अप्ठेरोमा पर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धार्मिक र जातीय सदभाव कायम गराउन नसक्ने हो भने देश अप्ठ्यारो अवस्थामा जाने बताउनुभएको छ ।
पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु
सन् २०२० को तथ्याङ्कले पाठेघरको मुखको क्यान्सर तीन जनालाई लाग्यो भने दुई जनाको मृत्यु भएको देखाएको छ । त्यही भएर पनि उच्च प्राथमिकताका साथ सञ्चालन गर्न लागिएको हो ।
ट्राफिक प्रहरी कार्यालय चितवनको नव निर्मित भवन उद्घाटन
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नव निर्मित भवनको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
ज्यापु महागुठीको संयुक्त अधिवेशन आयोजनाप्रति प्रधानमन्त्रीबाट शुभकामना
ज्यापु महागुठीको संयुक्त अधिवेशनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ ।
ट्रक ,ट्रक ठोकिँदा एकको मृत्यु
पूर्व पश्चिम राजमार्गको झुरझुरेमा शनिवार बिहान ०६ः२५ बजे दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
यो वर्षलाई शिक्षाको वर्षका रूपमा मनाउँदै छौँ
रामेछाप जिल्लाका आठ स्थानीय तहमध्ये खाँडादेवी गाउँपालिका एक हो । साबिकका राकाथुम, मझुवा, भिरपानी, पकरबास, माकादुम, गागल भदौरे र पिङखुरी गाविस मिलाएर यो गाउँपालिका बनाइएको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले
वडाध्यक्षको तलबभत्ता सामाजिक काममा
आफ्नो पूरै कार्यकालको तलब भत्ता सामाजिक काममा लगाउने उद्देश्यले सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चव्रmबहादुर बस्नेतले अक्षयकोष स्थापना गर्नुभएको छ । मासिक १८ हजार र बैठक भत्ता दुई हजार पाँच सय गरी २० हजार पाँच सय रुपियाँ वडाध्यक्षले सरकारबाट पाउने गर्छन् । पाँच वर्षमा प्राप्त हुने सबै तलबभत्ताको रकम जम्मा गर्न अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याजले वडामा सामाजिक काम गर्न सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो ।
रङ्गिन बिजुली बजार पुलको दृश्य (फोटो फिचर)
काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ ।
सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ ।
बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्यमन्त्री बस्नेत र इजिप्टका स्वास्थ्यमन्त्री गफारबीच भेटवार्ता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ ।
चिकित्सा शिक्षा क्षेत्रका समस्याको अध्ययन गर्न कार्यदल बनाइने
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ ।
राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त
राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गर्नुभएको हो ।
चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कूल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
अष्ट्रेलिया पठाउने भनी नौ लाख ठगी गर्ने पक्राउ
अष्ट्रेलियमा वैदेशिक रोजगारीमा पठाउने भनी नौ लाख रुपियाँ ठगी गर्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का केशरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रियसभा बैठक स्थगित
भदौ २४ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताउनुभएको छ ।
नेपाल लगानीको आकर्षक गन्तव्य हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीको आकर्षक गन्तव्य हो र लगानीको अनुकूल वातावरण रहेको बताउनुभएको छ ।
नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ ।
चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय
कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताउनुभयो । विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उहाँको भनाइ छ ।