खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दो
खाडी मुलुकमा रहेका नेपाली राजदूतहरूले खाडी देशहरूमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भए पनि नेपाली व्यवसायीहरू शिक्षित हुन नसकेको बताएका छन् ।
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतहरूसहितको उच्चस्तरीय अन्तरक्रिया
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ।
ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
वार्षिक प्रतिवेदन बुझाइयो
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । सो प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले सम्पादन गरेका कामको विवरण समेटिएको छ ।
‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न
काठमाडौँको वनस्थलीस्थित काठमाडौँ बिजनेस क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
दुई महिनापछि बस्यो प्रदेश सभाको बैठक
बागमती प्रदेशको प्रदेश सभा बैठक दुई महिनापछि बसेको छ । भदौ १८ गतेका लागि तय भएको बैठक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चालु आर्थिक वर्ष २०८०/८१ को
साढे दुई सय हेक्टर वन क्षेत्र अतिक्रमण
काभ्रेपलाञ्चोक जिल्लामा रहेको वन क्षेत्रमध्ये व्यक्तिगत तथा संस्थागत प्रयोजनका नाममा झन्डै साढे दुई सय हेक्टर वन क्षेत्र अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा रहेको वन क्षेत्रमध्ये व्यक्तिगत तथा संस्थागत प्रयोजनका लागि भन्दै २४३.९९ हेक्टर अर्थात् चार हजार ८७९.९ रोपनी जमिन अतिक्रमण भएको हो ।
संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह
राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।
खर्च विवरण सार्वजनिक गर्न निर्देशन
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी सोको जानकारी गराउन निर्देशन दिएको छ। आयोगले खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई यसअघि नै १५ हजार रुपियाँ जरिेबाना गर्ने निर्णय गरिसकेको छ।
आकासे पुलमा लिफ्ट जडान हुने
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका आकासे पुललाई अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउने अभियान सुरु गरेको छ। आकासे पुलमा लिफ्ट जडान गरी अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउन लागिएको हो। अभियानको पहिलो चरणमा परीक्षण परियोजनाका रूपमा महानगरभित्रका तीन वटा आकासे पुलमा लिफ्ट जडान गर्न लागिएको छ।
‘नेताहरूले सर्वहारा वर्गीय जीवनशैली अपनाउन जोड दिनपर्छ’
कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) को प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भ्रष्टाचारविरोधी अभियानले प्रतिगामीको सात्तो उड्यो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरूको सातो गएको बताउनु भएको छ ।
मुख्य न्यायाधिवक्ताद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाउनुभएको छ।
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
उहाँसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले बताउनुभयो ।
मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश
ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नुहुनेछ ।
त्रियुगा नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रभित्रका असहाय,ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई नगरपालिकाले शनिबारदेखि निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु गरेको छ ।
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।
आज देशभर माैसम सामान्य बदली रहने
हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जहाँ बिपीका नाममा चार दशकदेखि कोठा खाली छ
प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बिपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उहाँकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उहाँकै सम्झनामा खाली राखिएको छ ।
धार्मिक र जातीय सद्भाव कायम राख्न आग्रह
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धार्मिक र जातीय सद्भाव कायम गराउन नसक्ने हो भने देश अप्ठ्यारो स्थतिमा जाने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सद्भाव कायम गराउन सबै पक्ष लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।