नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।
सुन प्रकरणको अनुसन्धान नरोकिने
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गएपनि अनुसन्धान भने नरोक्ने भएको छ ।
आज कुशे औँसी, गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड
आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।
भवन नहुँदा पठनपाठनमा समस्या
दोलखाको भीमेश्वर नगरपालिका–९, झिँगानेमा रहेको कालीदेवी प्राथमिक विद्यालयको भवन नहुँदा पठनपाठनमा समस्या भएको छ। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयका ४० जना विद्यार्थी कष्टकर रूपमा अध्ययन गर्न बाध्य छन्। २०७२ सालको भूकम्पपछि दाताले जस्तापाताको टहरा निर्माण गरिदिए पनि अझै पक्की भवन निर्माण हुन सकेको छैन। विद्यालयका प्रधानाध्यापक नारायण खड्काले भन्नुभयो, “विद्यालयका नाममा लालपुर्जा नहुँदा पक्की भवन बन्न सकेन। दाताले बनाइदिएको जस्तापाताको टहरा पनि जीर्ण बन्दै गएपछि पठनपाठनमा समस्या आएको छ।” घाम लागेको बेला जस्तापाताले पोलेर बालबालिका बिरामी हुने र पानी परेको बेला जस्तापाता बजेर पढाएको सनिँदैन । हिउँ पर्ने स्थान भएकाले जाडोमा त विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।
सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐनप्रति बागमती प्रदेश सरकारको आपत्ति,रिट निवेदन दिने निर्णय
बागमती प्रदेश सरकारले संविधानमा व्यवस्था भएको प्रदेशको एकल अधिकार सूचीका अधिकारका लागि कानुनी लडाइँ लड्ने भएको छ। नेपालको संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा रहेको सवारीसाधन कर, यातायात र प्रदेश लोकमार्गसम्बन्धी अधिकारलाई सङ्कुचन गर्दै सङ्घीय सरकारले सङ्घीय संसद्बाट कानुन निर्माण गरेपछि बागमती प्रदेश सरकार आफ्नो अधिकार स्थापित गर्न कानुनी लडाइँ लड्ने व्रmममा सर्वोच्च अदालत जाने निर्णय गरेको हो।
आदमघाट–मिलनटार सडक कालोपत्रे गर्न सुरु
धादिङको आदमघाटबाट किराञ्चोक जाने एक मात्र सडक आदमघाट–मिलटार सडक कालोपत्रे गर्न सुरु भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८० साल असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको हो। नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख ८१ हजार १० रुपियाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित ४.२ किलोमिटर कालोपत्रे गर्न सम्झौता गरेको कम्पनीका प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सम्झौता अनुसार २०८१ साल मङ्सिर १८ गते सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुने छ । काम गर्न अवरोध नआएमा, निर्माण सामग्री सहज अवस्थामा उपलब्ध भएमा तोकिएको समयमै काम सक्ने उहाँले बताउनुभयो ।
दुई चिकित्सकमाथि कुटपिट
हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।
प्रदेशको अधिकार स्थापित गर्न सर्वोच्च जाने निर्णय
बागमती प्रदेश सरकार प्रदेशको अधिकार स्थापित गर्न सर्वोच्च अदालत जाने भएको छ ।
जलवायु परिवर्तनको असर नेपालका महिलामा बढी : डा राणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नवीनतम प्रविधिमा उनीहरूको पहुँच बढाउनुपर्ने धारणा राख्नुभएको छ ।
गौहत्याको विरोधमा राप्रपाको काठमाडौँमा विरोध प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गबाट सुरुभएको विरोध प्रदर्शन सहिदगेट, वीर अस्पताल, रत्नपार्कको शान्ति बाटिका लगायतको ठाउँमा प्रदर्शन गरेको छ ।
अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने
संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि सो पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ ।
सुन प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन राय, तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरूमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ ।
शिक्षा विधेयक दर्ता : विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा
लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा आज दर्ता गरेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु (फोटो फिचर)
पाठेघरको मुख्यको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउनु सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबिच सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।
रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारण केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् ।
संवैधानिक नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो ।
सिआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै
हङ्कङबाट तस्करी गरी ल्याइएको झन्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् ।
नेम्वाङको पार्थिव शरीर दिउँसोपछि निवासमा राखिने
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ ।
आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्ने भएको छ ।
जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त
विपन्न समुदायलाई लक्षित गरी बागमती प्रदेशमा लागु भएको जनता आवास कार्यक्रम कार्यान्वयन सुस्त देखिएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सङ्घीय सरकारको ससर्त यो कार्यक्रम बागमती प्रदेशको काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा लागु भएको छ। १० जिल्लामा यसअघि दुई हजार ९३ लाभग्राही छनोटमा परेका थिए। छनोटमा परेका लाभग्राहीमध्ये आर्थिक वर्ष २०७८/७९ सालसम्ममा भवन निर्माणका लागि दुई हजार २२ लाभग्राहीसँग सम्झौता भएको थियो। मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले छनोटमा परेका लाभग्राहीमध्ये ७१ लाभग्राहीबाहेक सबैसँग आवास निर्माणका लागि सम्झौता भइसकेको जानकारी दिनुभयो।
साहित्य सङ्गमको अध्यक्षमा बर्तौला
मकवानपुरको साहित्यिक गतिविधिमा क्रियाशील साहित्य सङ्गम मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ । साहित्य सङ्गम मकवानपुरको १६ औँ अधिवेशनले संस्थाको अध्यक्षमा डिबी बर्तौलालाई निर्वाचित गरेको हो । उहाँले ९७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी पुरुषोत्तम आचार्यले ८१ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा सानु खनाल (१२१ मत) र सचिवमा मनोज पोखरेल (११०) विजयी बन्नुभएको छ । उपाध्यक्षका प्रतिस्पर्धी एसके निधनले ५६ र सचिवका प्रतिस्पर्धी यश लामाले ६७ मत प्राप्त गर्नुभयो ।
‘गलत नियतले सञ्चालित सहकारीलाई कारबाही हुन्छ’
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सहकारीको नाममा गलत नियतले काम गरी सहकारीका बचतकर्ता तथा निक्षेपकर्ताको रकम हिनामिना गर्ने सहकारी तथा सञ्चालकलाई कारबाही गरिने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ काभ्रेपलाञ्चोकको ४२ औँ साधारण सभा कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणाका लागि समिति बनाउने गृहकार्य गरिरहेको बताउनुभयो ।