तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए
भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ ।
कुलपति राईद्वारा एकल कविता वाचनसहित प्राज्ञिक सत्ताबारे विमर्श
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
एसईई पास बालबालिकालाई बाल विकासको सम्मान
बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने बालबालिकाहरुलाई सम्मानित गरेको छ ।
चिकित्सकको आन्दोलनले अलपत्र बिरामी
डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । जसका कारण बिरामी अलपत्र परेका छन् ।
आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।
तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन
नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।
सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो ।
काठमाडौँमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास: के छन् सेवा सुविधा ?
सरकारले काठमाडौँमा निर्माण गरेको सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासका सेवा सुविधा के छन् भन्ने आम मानिसमा चासो छ ।
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
नेपाली सेनाको साख जोगाउनु पर्छ: सांसद वाग्ले
प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले नेपाली सेनाको गरिमामा आँच आउने काम कहिँकतैबाट कसैले गर्न नहुने बताउनु भएको छ ।
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
निर्वाचनपश्चात् विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्यङ्ग्यसमेत हुने गरेको छ । संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता कार्यान्वयनसँग सिधै सरोकार राख्ने अझै केही महत्त्वपूर्ण कानुन बन्न सकेको छैन ।
गोहीको आक्रमणबाट मृत्यु
चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।
कराएर वरदान माग्नुपर्ने थानापति महादेव
रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ, बाहुनचुरास्थित अग्लो पहाडको टुप्पोमा थानापति महादेवको मन्दिर छ। यो मन्दिर रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल हो। यो भेगमा पशुपतिनाथका रूपमा पुजिने थानापति महादेवको मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। थानापति मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहराले यहाँ प्रत्येक वर्षको हरितालिका तिज, ठुली एकादशी र महाशिवरात्रि जस्ता पर्वमा भक्तजनको घुइँचो लाग्ने गरेको बताउनुभयो। उहाँका अनुसार यी पर्वमा रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखासहित काठमाडौँ जिल्लाबाट दर्शनार्थी आउने गरेका छन्।
बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण हुने
दोलखाको भीमेश्वर नगरपालिका–६ मा १२ आदिवासी जातिको संस्कार र संस्कृति झल्कने बहुसांस्कृतिक सङ्ग्रहालय र पार्क निर्माण गरिने भएको छ। दोलखा नै उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर र कुमाल गरी कुल १२ आदिवासी जनजातिको बसोबास रहेको छ। उनीहरूको जन्मदेखि मृत्युसम्मका संस्कार, वेशभूषा जोगाउन यो सङ्ग्र्रहालय निर्माण हुन लागेको हो। यहाँ आदिवासी जनजातिका पुरातात्त्विक महत्व झल्कने किसिमका १२ वटै भवन निर्माण हुने र ती भवनमा सम्बन्धित जातजातिसँग सम्बन्धित
सुधार यात्रामा ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले अन्य पालिकाभन्दा फरक प्रकृतिका काम गरी आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। महानगरपालिका प्रमुख चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएदेखि नै महानगरभित्र कतिपय काम अन्य पालिकाभन्दा फरक रूपमा सञ्चालन हुँदै आएका छन्। महानगरपालिका प्रमुख महर्जनले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट पहिलो पटक महानगरको प्रमुख पदमा निर्वाचित भएसँगै व्यवस्थित सहर निर्माण गर्ने अभियान सञ्चालन गरेको र अहिले त्यसको परिणाम देखिन थालेको बताउनुभयो।
नेपाली जहाजको युरोप यात्रा,कालो सूचीबारे कात्तिकमा निर्णय हुने
पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (इयू) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ ।
टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
मङ्गल क्याम्पसमा सांस्कृतिक कार्यक्रम
यहाँस्थिति मङ्गल बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका छन् । शनिबार कीर्तिपुरस्थित क्याम्पसमा आयोजना भएको स्वागत र बिदाइ कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका हुन् ।
गैरीगाउँ हत्या प्रकरण : एसएसपीको नेतृत्वमा छानविन समिति गठन
काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ ।
‘शिक्षा क्षेत्रको परिवर्तनमा शीर्ष नेतृत्वको ध्यान गएन’
शिक्षा सेवीहरूले राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्षम भए पनि शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि भने ध्यान नदिएको गुनासो गरेका छन् ।
मजिपाः लाखेनाचलाई व्यवस्थित गरिने
असोज दोस्रो साता (द्वादशी) देखि सुरु हुने इन्द्रजात्रामा परम्परागत मजिपाः लाखे नाचलाई व्यवस्थित गर्न इन्द्रजात्रा श्री लाखे आजु गुठीले शनिबार लाखेनीमा छलफल आयोजना गरेको छ ।
गाउँ सहरमा तीजको तडकभडक बढ्यो
नेपाली हिन्दु नारीको विशेष पर्व हरितालिका तीजको रौनक गाउँ सहरमा छाइसकेको छ ।
साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो ।
बढ्दो छ सामान्य विषयमा हत्या शृङ्खला
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या गरिएको छ ।