स्थानीयवासीको अवरोधका कारण हुन सकेन फोहोर व्यवस्थापन
स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन।
काठमाडौं महानगर प्रमुख र फ्रान्सका राजदूतबीच शिष्टाचार भेट
काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र फ्रान्सेली राजदूत जील बुर्वाओबीच बुधबार शिष्टाचार भेट भएको छ। प्रमुखको कार्यकक्षमा उहाँहरुबीच मुख्यगरी, नगर व्यवस्थापनका लागि सेवा, सुविधा वितरणका विषयमा छलफल भयो।बजेट नीति तथा कार्यक्रमको तयारीमा लागेको बताउनु हुँदै साहले फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै शहरी यातायातको सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। “सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवद्र्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यको कार्यक्रम तय गर्ने प्रणालीको विकास गर्दैछौं”, उहाँले भन्नुभयो।भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा महानगरसँग सहकार्य हुनसक्ने बताउनुभयो। क्रममा राजदूत बुर्वाओले, शहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफू इच्छुक रहेको बताउनुभयो। उहाँले फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा सहयोग हुनसक्ने आश्वासनसमेत दिनुभएको छ।
टुकुचा खोलाले मोटरसाइकल बगायो
काठमाडौं, जेठ २५ गते । बुधबार परेको पानीले लाजिम्पाटस्थित निल सरस्वतीस्थान नजिक रहेको टुकुचा खोलाले मोटरसाइकल बगाएको छ ।खोलामा बढेको बहाबले काठमाडौं महानगरपालिका धापासीका २१ वर्षीय सुरज अर्याल सवार मोटरसाइकल बगाएको हो । बागमती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकलसहित चालकलाई पनि बगाउँदा तत्काल चालकको उद्धार भएको छ । मोटरसाइकल फेला नपरेकाले खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
ल्याण्डफिल साइटमा फोहोरकोभन्दा मिथेन ग्यासको गन्ध बढी : नास्ट
काठमाडौँ, जेठ २५ गते। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा फोहोरभन्दा मिथेन ग्यासको गन्ध धेरै भेटिएको जनाएको छ। नास्टको दोस्रो प्रारम्भिक अध्ययनले उक्त ल्याण्डफल साइटको माथिल्लो भागको पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फ अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्ध मापनको क्रममा सो क्षेत्रमा वातावरणीय समस्या देखाएको हो। साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी र अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्यास धेरै भेटिएको नास्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तले बताउनुभयो। त्यसो त, अध्ययन गरिएको समय हावाको वहावले पनि गन्धलाई फरक पार्ने उहाँको भनाइ छ। सो क्षेत्रमा ग्यास बाहिर ल्याउन भेन्ट नभएको र यसलाई ड्रिल गरेर बाहिर ल्याइने जनाइएको छ। छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि यो वितरण गर्न सकिने अर्को विकल्पको रुपमा हेरिएको छ। तर, साइटमा कति परिमाण ग्यास छ र यसलाई कसरी निकालेर वितरण गर्ने भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने जनाइएको छ। नास्टले यसअघि पनि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो। गन्धमुक्त बनाउने काम तीन दिनभित्र सुरु हुनेअध्ययनबाट प्राप्त विवरण उल्लेख गर्नुहुँदै महानगर प्रमुख बालेन्द्र शाहले गन्धसँगै पानी र मोटोको पनि अध्ययन गर्नुपर्ने बताउनुभयो। महानगरले नास्टलाई पत्राचार गरेको आधारमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी टोलीले प्रारम्भिक अध्ययन गरेको उहाँले भन्नुभयो।“लिचेड मिसिनु भन्दा अगाडि, लिचेड मिसिएको ठाउँ र लिचेड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमूना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ। यी ठाउँबाट संकलन गरिएका तीन वटा नमूनाको तुलनात्मक अध्ययनबाट स्रोतबाट एक किलोमिटर परसम्मको पानीमा लिचेडको मात्रा धेरै देखिएको छ। यहीकारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ”, उहाँले बताउनुभयो।पानी प्रदूषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ।
काठमाडौं महानगर र नबिल बैंकबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्झौता
काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ। काठमाडौंको सुन्धरास्थित महानगरको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्याल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले १८ वटै शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्ने विषयमा लिखित सम्झौता गर्नुभएको हो।दरबारमार्गस्थित नबिल बैंकको केन्द्रीय कार्यालयसहित, जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी, चाबहिल, कुलेश्वर, कान्तिपथ, बसुन्धरा, सिनामंगल, कलंकी, भाटभटेनी, धुम्बाराही, न्यूरोड, कालीमाटी र शंखमूलसहित सबै शाखामा सो सेवाप्रवाह गरिने सम्झौतामा उल्लेख छ।शाहले उपत्यकामा केही गर्न सकिन्छ कि भनेर महानगरसँग यसखाले साझेदारी गरिएको बताउनुभयो। “काठमाडौं मेयरज्यूको मात्रै होइन, हामी सबैको हो। झन् सुन्दर बनाउन सक्छौं भने किन नगर्ने भनेर हो”, उहाँले संक्षिप्त प्रतिक्रिया दिनुभयो।यसैगगरी, महानगरका प्रशासकीय अधिकृत पौड्यालले पनि संक्षिप्त रुपमा बोल्नुहुँदै सानो र महत्वपूर्ण काम हासिल गर्ने, संस्थागत जिम्मेवारीबाट सरकार र नागरिकलाई सिकाइ अभ्याससँग जोड्ने, नागरिक चेतनास्तर अभिवृद्वि एवम् सहरी सेवाको खुड्किलो बढाउन यो सेवा प्रवाह गरिएको बताउनुभयो।उक्त सम्झौताको समयावधि अबको पाँच वर्षको हुनेछ। सम्झौतापत्रमा आवश्यकता अनुसार अवधि थप गर्न सकिने व्यवस्था छ।
सेनेटरी प्याड बनाउन छात्राहरुलाई तालिम
धादिङको नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालय र १४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका किशोरीहरु आफ्ना लागि आवश्यक हुने सेनेटरी प्याड आफै बनाउन थालेका छन् । नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइए पछि आवश्यक प्याड बनाउन थालेका हुन् ।
चीन र भारतमा पाइने चरा नेपालमा
चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु विडारीले ‘चाईनिज पोन्ड हेरोन’ चरा नेपालमा पहिलो पटक देखापरेको जानकारी दिनुभयो ।
नेपाल पर्वतारोहण सङ्घकाे निर्वाचन जेठ २७ मा
नेपाल पर्वतारोहण सङ्घको केन्द्रीय नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन हुने भएको छ । कोभिड–१९ महामारीका कारण केही वर्ष पछि सरेको संघको अधिवेशन सुरु भएको छ ।
भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत
भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो ।
सात प्रकारका क्यान्सरको अनुसन्धान हुँदै
क्यान्सर रोगको पहिचान र उपचार कसरी गर्ने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।स्थानीय तहका स्वास्थ्य संस्था, बिरामीदेखि विशेषज्ञ अस्पतालका चिकित्सकले रोग भए नभएको कसरी पत्ता लगाउने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र डब्लूएचओअन्तर्गत आईएआरसी संस्थाको संयुक्त प्रयासमा अनुसन्धान सुरु भएको हो ।
काठमाडौं महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित
काठमाडौं, जेठ २४ गते । काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित हुनुभएको छ। आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो। नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ। दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा (माओवादी केन्द्र) का अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ। निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो। गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोलसहित १६० जना सबै सदस्यले मतदान गर्नुभएको थियो। प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको सङ्ख्या १६० भएको हो। निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य सङ्ख्या ४२ भएको छ। यसमा प्रमुख र उपप्रमुख, ३२ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य हुनुहुन्छ। निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको थियो। निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ।
इम्बोस्ड नम्बर प्लेटमाथि दुविधामा नपर्न विभागको आग्रह
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटप्रति आशंक एवम् कुनै दुविधामा नपर्न आग्रह गरेको छ।
बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका ५० वर्षीया महिलाको मंगलबार दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेको ज्यान गएको जानकारी दिनुभयो । घटनाको बारेमा पुष्टि भएपछि चारवटा हात्ती प्रयोग गरेर बोटेको खोजी भइरहेको जानकारी दिनुभयो ।
भरतपुर महानगरको कार्यपालिका निर्वाचनमा पाँच दलीय गठबन्धन विजयी
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित हुनुभएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका आठै जना निर्वाचित हुनुभएको हो । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)का कोपिला उपरकोटी –९२) मत प्राप्त गरी विजयी हुनुभएको छ । महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)का विना नेपाली (८६) निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।एमाले–राप्रपा गठबन्धनबाट तीन जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ पाँच सदस्यमा उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।
स्रोत नखुलेको करिब चार कराेड रूपियाँसहित पाँचजना पक्राउ
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।
चितवनमा एक हजार विरुवा रोपियो
विश्व वातावरण दिवसको अवसर पारेर चितवन जिल्लामा एक हजारभन्दा बढी विरुवा रोपिएको छ । जिल्लाको सामाजिक संघ सस्था तथा सरकारी कार्यालयको अगुवाइमा वृक्षारोपण गरिएको हो ।
राजनीति होइन, महानगरको विकास हेर्छु : प्रमुख दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिभन्दा माथि उठेर महानगरको विकासमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मीले सोमबार आयोजना गरेको वधाइ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
यात्रुद्वारा चढाइएका ऐनाका कारण भरियो रिठ्ठेभिरको भित्ता
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–५ रिठ्ठेभिरस्थित सेतीदेवी मन्दिरमा ऐना चढाउनेको सङख्या बढ्दै गएको छ ।
लाङटाङ निकुञ्जमा पर्यटकको आगमन बढ्यो
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।
बाँदरमुढे घटनाको १७ वर्ष : अझै न्यायोचित परिपूरण हुन सकेन
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।
शिक्षकलाई सडक सुरक्षा तालिम
बर्दिबास–सिन्धुली–धुलिखेल सडकमा पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूलाई आइतबार सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
गोरखापत्रकर्मी सम्मानित
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याएबापत गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मान गरेको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा हरेक वर्ष पत्रकार र चलचित्रकर्मीलाई सम्मान गर्दै आएको चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाले आइतबार हेटौँडामा गोरखापत्रकर्मी दाहालसहित सात जनालाई सम्मान गरेको हो ।
सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भए पनि चाँगुनारायणका वडा नं ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् । उनीहरुलाई जरुरी कामको लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजानसमेत महँगो भाडा तिरेर सवारी साधन ‘रिजर्भ’ गर्नुपर्ने बाध्यतासमेत छ ।
पाइलैपिच्छे धराप
घरअगाडिको बाटोमा दुईतर्फ नै ढलान गर्न फलामे रड बिछ्याइएको छ । आवतजावत गर्ने स्थानीयवासी भित्ताको तारजाली समातेर हिँड्छन् । पानी पर्न थालेपछि घरअगाडि बनाइएको झन्डै छ फिटको खाड