एमाले सचिवालय बैठक बस्दै
नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।
देशले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताउनुभएको छ ।
अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको हो ।
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
नेम्वाङको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।
बजेट अभावमा सडक विस्तारको काम अनिश्चित
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि सरकारले पर्याप्त बजेट नछुट्याएपछि सडक विस्तारको काम रोकिने देखिएको छ ।
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो ।
कृष्ण मन्दिर पुनर्निर्माण
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पूर्ण ध्वस्त बनाएको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा रहेको ११५ वर्षअघि बनेको कृष्ण मन्दिर पुनर्निर्माण भएको छ ।
अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
काठमाडौँ, २६ भदौ स् नेकपा [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन हुनुभएका नेकपा [एमाले] का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।
एमाले उपाध्यक्ष नेम्वाङको निधनले स्तब्ध भएको छु : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।
अध्यागमन विभागको महानिर्देशकमा तामाङ
अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरिएको छ । तामाङ यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएपछि रिक्त रहेको पदमा तामाङको सरुवा गरिएको हो ।
स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
हृदयाघातबाट निधन हुनुभएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केही बेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
हास्यव्यङ्ग्यकार चट्याङलाई वासुदेव लुइँटेल पुरस्कार अर्पण
हरेक दुई वर्षमा प्रदान गरिँदै आएको ‘वासुदेव लुइँटेल पुरस्कार’ २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ ।
राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट पार्कबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्नुहुँदै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।
नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
सैन्य आधार तालिमको दीक्षान्त समारोह
मध्येपृतना मुख्य कार्यालय हेटौँडामा सञ्चालन भएको सी.स. ११ सैन्य आधार तालिमको अन्तिम देलेल कवाज प्रदर्शन (दीक्षान्त समारोह) सोमबार भएको छ।
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
जिल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर बन्नुपर्ने : कानुन मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।
आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबिच भेट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ ।
काठमाडौँ महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने ७१ वटा कामको सूची
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।
डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष
धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।
एचपीभी खोपको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्नुहुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोपको उद्घाटन गर्नुहुने भएको छ ।