मन्त्रीद्वारा नतिजामुखी काममा लाग्न कर्मचारीलाई निर्देशन
काठमाडौँ, भदौ २२ गते । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिनुभएको छ । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो । निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका, प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन, राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताउनुभयो । सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भइसकेकाले हाल सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय निजामती सेवा विधेयकलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।सो ऐन संसदबाट पारित भई छिट्टै लागू हुने मन्त्री देवीको भनाइ थियो । उक्त ऐन लागू भइसकेपछि सङ्घीय निजामती मात्रै नभई प्रदेश र स्थानीय तहसम्मका धेरै अन्याेल अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले ऐन पारित गर्न सबैसँग सहयोगको अपेक्षा गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीले इममान्दारिता, प्रतिबद्धता, जनमुखी प्रशासनमार्फत मुलुकको समृद्धि र शुसासन हासिल गर्दै देश र जनतालाई सेवा गर्न निर्देशन दिनुभयो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशैभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ । रासस
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने
नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ
पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।
सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती गरेको छैन: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताउनुभएको छ ।
निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव डा. अर्याल
तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ ।
रातभर फलाकेर मनाए प्रकृति पूजक चेपाङले ‘न्वागी’
गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए ।
प्रदेश सरकारका आयोजना अलपत्र
रामेछापको जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा बागमती प्रदेश सरकारका विभिन्न आयोजना अलपत्र अवस्थामा छन् । पटक पटक म्याद थप भएर पनि काम सम्पन्न नभएपछि प्रदेश
हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव
हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गर्नुभएको हो ।
चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै
आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
आज काठमाडौं महानगरपालिकामा बिदा
काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ ।
चेपाङको धार्मिक कर्म गराउने ‘पाण्दे’ भेट्नै कठिन
सीमान्तकृत समुदायमा पर्ने चेपाङ जातिमा धार्मिक तथा सामाजिक कार्य गराउने ‘पाण्दे’ लोप हुँदै गएका छन् । जन्मदेखि मृत्युसम्मका सामाजिक कार्यमा धार्मिक कर्म गर्ने पण्डित, बिरामी हुँदा झारफुक गर्ने झाँक्री र ओखतीमुलो गर्ने वैद्यको काम चेपाङ समुदायमा ‘पाण्दे’ ले नै गर्छन् ।
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
मकवानपुरको ‘ठेकी’ लोप हुँदै
मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।
प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने
प्रदेश खेलकुद विकास समितिहरूले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन् । हेटौँडामा प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
निजामती सेवाका ४० कर्मचारीलाई पुरस्कृत गर्ने सरकारको निर्णय
सरकारले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
तत्कालका लागि मुलुकमा वैदेशिक रोजगारको विकल्प छैन : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएको छ ।
अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक बहस गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
नेपाल सीमापार सुरक्षा र सहयोगमा प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताउनुभएको छ ।
स्रष्टा सम्मान पुरस्कार २०८० : राजेश्वर नेपालीसहित १५ जनालाई प्रदान गरिने
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ ।
महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक : विश्वविद्यालयमा तालाबन्दी संस्कृति अन्त्य गर्न माग
प्रतिनिधि सभा बैठकमा सांसदहरूले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालाबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गर्नुभएको छ ।
नौ जना महिलालाई अनेसास नवरत्न पुरस्कार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नौ जना विशेष महिला व्यक्तित्वलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रले सम्मानित गर्न लागेको हो ।
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।