वैवाहिक सम्बन्धमा सर्वोच्चले न्याय दिएन : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायले आफूहरूले पनि विवाह दर्ता गर्न पाउने भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् ।
सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।
नेपालमा ६२ प्रतिशत कृषक परिवार
कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।
विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिनुभयो ।
कृष्णमुरारी गौतमलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने
विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ ।
वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिव शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।
विदेश छाडेर नेपालमै च्याउखेती
वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउखेतीमा रु. एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो ।
प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा
थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पु¥याउन लागिएको हो ।
रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।
जसपा प्रशिक्षणको तयारीमा
काठमाडौँ, भदौ २१ गते । जनता समाजवादी पार्टी, (जसपा) नेपालका पहिचानमा आधारित राष्ट्रिय समितिले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । जसअन्तर्गत ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेका छन् । सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकास्थित एलके खोज रिसोर्टमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने सो पार्टीले जनाएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठलगायतका नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस
दसैँअघि पानी पठाउन कठिन
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दसैँअघि वितरण गर्न असम्भव भएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले काठमाडौँमा पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगर– १६ का अध्यक्ष रिजालकाे निधन
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहनु भएका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको छ ।
प्रदेश सभाको बैठक आइतबार बस्ने
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक पुनः सारिएको छ । सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक बस्ने प्रयास गरिए पनि सत्ता पक्ष र विपक्षीबिच सहमति नजुटेपछि
नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ स् मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभएको छ ।
आयुर्वेदप्रति आकर्षण बढ्दै
पछिल्लो समय मकवानपुरमा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
पत्रकारिता नागरिकलाई उत्साह दिने हुनुपर्छ : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासङ्घका कन्द्रीय अध्यक्ष विपुल पोखरेलले अबको पत्रकारिता नागरिकलाई सकारात्मक काम र बाटोमा लाग्न अभिप्रेरित गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
मकवानपुरगढी दरबार परिसरमा मेला
मकवानपुरको मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमीका अवसरमा मेला लागेको छ।
कांग्रेसका सहमहामन्त्रीलाई शल्यक्रिया पछि अब्जरभेसनमा राखिने
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया हुँदैछ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले खुकुरी प्रहारबाट घाइते हुनुभएका यादवको शल्यक्रिया भइरहेको जानकारी दिनुभयो ।
सहमहामन्त्री यादवमाथि साङ्घातिक आक्रमणको कांग्रेसद्वारा भर्त्सना
नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति घेर निन्दा एवम् भर्त्सना व्यक्त गरेको छ ।
द्रुत गतिका ५१ ‘चार्जिङ स्टेसन’ सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।
विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छः कार्यकारी निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ ।