दोलखा समाचारदाता
दोलखा, भदौ १७ गते । दोलखाको सिँंगटीमा पहिरोसँगै भीमकाय ढुङ्गा बस्तीमा खस्ने जोखिम बढेपछि नेपाली सेना र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले व्यवस्थापनको काम थालेको छ ।
दोलखाको उत्तरी क्षेत्र बिगु गाउँपालिका–४, खोलिखिम बजारबाट खस्न लागेको ढुङ्गा फुटाएर सुरक्षित रूपमा झार्न नेपाली सेना र राष्ट्रिय विपत् प्राधिकरणको टोलीले काम थालेको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले भन्नुभयो, “टोलीले अध्ययन गरेपछि ढुङ्गाको उचित व्यवस्थापनका लागि काम थालेको हो ।”