सलिम मियाँ
बिजुवार, वैशाख ३१ गते। प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ।
स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रपक्ता प्रहरी निरीक्षक केशब पौडेलले जानकारी दिनुभयो। केही पार्कको हेरचाह गर्दै आउनुभएको खुलेको छ।
वाटर फाउन्टेनको मर्मतका क्रममा करेन्ट लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो। तत्कालै उपचारका लागि प्युठान अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको प्रवक्ता पौडेलको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।