• ३१ वैशाख २०८२, बुधबार

सेती नदीमा बेपत्ता बालकको शव फेला

blog

सेती नदिमा बेपत्ता बालकको शव निकाल्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, वैशाख ३१ गते । सेती नदिमा नुहाउने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले बुधबार निकालेको छ ।

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने नौ वर्षीय अमित बि.क. पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करीव पौने २ बजे नदिमा डुवेर बेपत्ता हुनुभएको थियो । 

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र बमको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बुधबार दिउँसो १ बजे बालकको शव करीव ३० फिट गहिराइबाट निकालेको जानकारी दिनुभयो ।