प्राचीन सहर बनेपा : जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्
प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्त्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ ।
समाजवादी चिन्तकमा बिपीपछि गिरिकै नाम आउँछ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताउनुभएको छ ।
प्रदीप गिरी सर्वाधिक बौद्धिक व्यक्तित्व : नेता भुसाल
नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रदीप गिरी मुलुकको सर्वाधिक बौद्धिक व्यक्तित्व रहेको बताउनुभएको छ ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
सम्पूर्ण कर्मचारीलाई बीमा गर्न वीर अस्पतालको आग्रह
चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण कर्मचारीलाई बीमा गर्न आग्रह गरेको छ ।
विज्ञापनमा पारदर्शिता कायम गर्न विज्ञापन नियमावली संशोधन
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विज्ञापन नियमावली संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा विज्ञापन नियमावली संशोधन भएको हो । विज्ञापन बजारमा मौलाउन थालेको अपारदर्शिताको अन्त्य गर्न सञ्चारमन्त्री शर्माले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लग्नुभएको थियो ।
दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत
भीमेश्वर नगरपालिका–३ सुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नागका चित्र घरका ढोकामा टाँसेर नागपञ्चमी मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइँदैछ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरू
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उहाँको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो ।
चौरासी वर्षीय पावेको पहिचान बन्यो ‘चना चटपटे बा’
आफ्ना दुई खुट्टाले मात्रै शरीर धान्न नसकेपछि स्टिलका चार वटा खुट्टा भएको ‘वाकर’ को सहारामा बसेको ठाउँबाट थरथराउदैँ उठ्नुभयो ८४ वर्षीय श्रीराम पावे ।
काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने
काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।
नाङ्गो पाखा बन्यो फलफूल बगैँचा
रामेछापको खाँडादेवी गाउँपालिकाका नाङ्गो पाखालाई फलफूल बगैँचा बनाउने अभियान सुरु भएको छ । अहिले खाँडादेवी गाउँपालिका–४, पकरबासको ठुलो सामुदायिक वन क्षेत्रबाट यो अभियान सुरु भएको हो । वन कार्यालय रामेछाप र गाउँपालिकाको सहकार्यमा ठुलो सामुदायिक वन उपभोक्ता समितिले यो अभियान सुरु गरेको हो ।
समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेश स्तरमा घोषणा सभा गर्ने
समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।
जनस्वास्थ्य प्रयोगशालाबाट सस्तो र गुणस्तरीय सेवा
चितवनको भरतपुरमा स्तरीय र सस्तो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । यसबारे आममानिसलाई थाहा नहुँदा भने उनीहरू निजी प्रयोगशालामा गएर महँगो शुल्क तिरी परीक्षण गराइरहेका छन् ।
बाधलाई अझै नियन्त्रणमा लिन सकिएन
पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन ।
समाजवादी मोर्चाको बैठक सुरु
चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
पहिरो प्रभावितको टेन्टमा बास
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, सिरिसे पहिरोपीडितका लागि बाह्रबिसे नगरपालिकाले टेन्ट हालेर बसोबासको व्यवस्था गरेको छ । सो स्थानमा पहिरो प्रभावित १० परिवारलाई बसोबासको व्यवस्था गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । टेन्टमा खाद्यान्न, पानी, शौचालयलगायतको व्यवस्था गरिएको छ ।
ओझेलमा छ्योतछ्योत झरना
दोलखाको उत्तरी क्षेत्रको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको प्राकृतिक छ्योतछ्योत (तामाङ भाषामा पवित्र जल) झरना ओझेलमा परेको छ । चट्टानी पहाडबाट तामाकोशी नदीमा खसेको यो झरना र तलको नदीको सौन्दर्यले आकर्षण गर्ने भए पनि यो स्थलमा पर्यटकीय चहलपहल नभएकोमा स्थानीय चिन्तित छन् ।
दुई किलो सुनसहित शेर्पा पक्राउ
नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ ।
६० वर्षदेखिको बेरुजु फर्स्यौट हुन बाँकी
महालेखा परीक्षकको कार्यालयले ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्स्यौट हुन बाँकी रहेको जनाएको छ । कार्यालयका महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम सुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फर्स्यौट बाँकी रहेको बताउनुभएको हो ।
सडक सञ्जाल विस्तार : सबै स्थानीय तह र प्रदेश राजधानी जोडिँदै
सरकारले आगामी तीन वर्षभित्र सबै स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारका राजधानीसम्म पक्की सडक सञ्जालले जोड्ने भएको छ। स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी आवागमनलाई सहज बनाउन र सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले पक्की सडक सञ्जालले जोड्ने योजना कार्यान्वयन गर्न लागिएको हो। सरकारले उक्त योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँ विनियोजन गरेको छ।
‘वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ’
प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।
पाँच सय किलोग्राम पटकासहित जैसवाल पक्राउ
पाँच सय किलोग्रामभन्दा बढी पटकासहित जितेन्द्रकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय तीर्थयात्रीकाे मृत्यु
सिन्धुलीको दुधौली नगरपालिका-२ स्थित मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।