• १३ साउन २०८१, आइतबार

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो

blog

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय चितवन ।

शान्ता अधिकारी

चितवन, भदौ १६ गते । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर २९ केराबारीमा सडकमाथिबाट लेदो र ढुङ्गासहित खसेको पहिरोका कारण बिहीबार बिहानदेखि सडक आवत जावत पूर्णरुपमा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार सो स्थानबाहेक अन्य स्थानमा समेत पहिरोले सडक अवरुद्ध बनेको छ । प्रहरी प्रवक्ताका अनुसार मुग्लिनतर्फबाट पाँच किलोमिटर नारायणगढतर्फ पनि सडक माथिबाट डुङ्गासहितको पहिरो आएर सडक अवरुद्ध छ ।

केही दिनदेखि परेको लगातारको वर्षाकाकारण यस सडक खण्ड बन्द हुने र खुलाउने गरिँदैआएको भए पनि बिहीबार बिहानको पहिरो ठूलो भएकाले यातायात सञ्चालनमा  समय लाग्ने स्थानीय प्रशासनको भनाइ छ ।  

तराईसँग राजधानी उपत्यका एवम् मध्य नेपालका विभिन्न भूभाग जोडने मुग्लिन–नारायणगढ सडक खण्ड देशको लाइफलाइनको रूपमा स्थापित छ । यस सडक खण्ड भएर दैनिक १२ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्नेगरेको अनुमान छ ।