• १३ साउन २०८१, आइतबार

चाडपर्व लक्षित प्रहरीको भरपर्दो सुरक्षा योजना

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी भरपर्दो सुरक्षा योजना निर्माण गर्न लागेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) रवीन्द्रबहादुर धानुकले सोमबार कार्यालयका प्रमुखहरुलाई नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रुपमा रहने भएकाले अझ उत्कृष्ट तरिकाले कार्यसम्पादन गर्नुपर्नेमा उहाँको जोड थियो । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पनि आवश्यक समन्वय र सहकार्य मार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्नसमेत प्रमुख धानुकले प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।

कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिँदै प्रमुख धानुकले आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनशिलतामा प्रहरी कारबाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक व्यवस्थापनको योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको थियो ।