गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २१ गते । दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को छायाङ्कन २९ दिनमा सकिएको छ । चलचित्रको गीतबाहेक अन्य सम्पूर्ण छायाङ्कन सम्पन्न भएको निर्देशक खनालले बताउनुभयो ।
चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्यलेले निर्देशक खनालको नेतृत्वमा काम गर्न सहज भएको र कलाकार तथा प्राविधिकको राम्रो टिमका कारण समयमै छायाङ्कन सकिएको बताउनुभयो । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहितवंश आचार्यको लगानी रहेको छ । चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्यदेव पन्त, तारा शर्मा, दिनेश काफ्ले, सीता न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माता ओलीका अनुसार चलचित्र दसैँको फूलपातीमा प्रदर्शन हुने छ । सोही दिन बलिदान, माइतीघर, डबल ट्रिपल, दशमीलगायतका चलचित्र पनि प्रदर्शन हुने छन् ।