केशवराज भट्ट
बाशुलिङ्ग, (बैतडी), जेठ ३० गते । बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकामबाट शिवनाथ शर्मालीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०.१.०.०.१ च ४१८० नम्बरको जिप शिवनाथ गाउँपालिका –२ को भित्री सडक खण्डको फट्केढुङ्गा भन्ने स्थानमा शुक्रवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो ।
शुक्रवार दिउँसो साढे २ बजेतिर जिप दुर्घटनामा परेको र जिप चालक शिवनाथ गाउँपालिका –२ देगडा बस्ने –२८ बर्षीय योगेन्द्र भट्ट घाइते भएका प्रहरी निरीक्षक बडुले बताउनुभयो । चालक भट्टको दुबै खुट्टामा चोट रहेको र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइएको छ । गाडीमा चालक मात्र सवार रहेको प्रहरी निरीक्षक बडुले जानकारी दिनुभयो । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका अधिकारीले बताउनुभयो ।