• २१ फागुन २०८१, बुधबार

स्वास्थ्य बीमासहित कार्यक्रमका लागि करिब चार अर्ब निकासा

blog

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २० गते । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपियाँ निकासा गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गर्नुभएको हो । जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपियाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपियाँ रहेको छ ।