• ९ असार २०८२, सोमबार

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त राजदूतलाई प्रमाणपत्र प्रदान

blog

काठमाडौँ, असार ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सोमबार राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राष्ट्रपति पौडेलले सो प्रमाणपत्र प्रदान गर्नुभएको हो । 

उहाँका अनुसार जनगणतन्त्र बङ्गलादेशका आवासीय राजदूत साफिक्वुर रहमन, गणतन्त्र दक्षिण अफ्रिकाका गैर आवासीय राजदूत अनिल सुकलाल, गणतन्त्र एङ्गोलाका गैर आवासीय राजदूत स्लेमेन्ट पेड्रो फ्रान्सिस्को सेमेन्हा र गणतन्त्र अर्जेन्टिनाका गैर आवासीय राजदूत म्यारियनो अगस्टिनलाई प्रमाणपत्र प्रदान गरिएको छ ।