• ९ असार २०८२, सोमबार

६३ वर्षीया महिलाको अण्डाशयको शल्यक्रिया

blog

शल्यक्रिया पछिको सामूहिक तस्बिर । तस्बिर: नौरते

नौरते नेपाली

जुम्ला, असार ९ गते । तातोपानी गाउँपालिका–७ जुम्लाकी ६३ वर्षीया महिलाको अण्डाशयको  शल्यक्रिया भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जुम्लाकी ६३ वर्षीया महिलाको अण्डाशयको   शल्यक्रिया भएको हो । 

प्रतिष्ठानका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक कविता साहका अनुसार उहाँका पाठेघरको अण्डाशयमा ट्युमर पलाएको थियो ।  चिकित्सकका अनुसार परीक्षण गर्दा ट्युमर पत्ता लगाएपछि शल्यक्रिया गरिएको हो । 

उहाँको शल्यक्रिया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकले गर्नुभएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग तथा शल्यक्रिया टोली, एनेस्थेसिया टोली र कर्मचारीको संयोजनले शल्यक्रिया सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

के कारणले ट्युमर भएको हो भनेर जाँच गर्न नमुना परीक्षणका लागि पठाएको अस्पतालले जनाएको छ ।  रिपोर्टपछि मात्र थप उपचार आवश्यक पर्ने नपर्ने भन्ने विषयमा निर्णय गर्ने अस्पतालको भनाइ छ ।