• २१ फागुन २०८१, बुधबार

नगरस्तरीय सडक नाटक प्रतियोगिता सुरु

blog

मकवानपुर, फागुन २१ गते । हेटौँडामा प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ को आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा भएको प्रतियोगितामा नगरका १२ वटा समूह रहेका छन् ।

वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले कला र संस्कृतिको प्रवर्धनबाट समाजमा रहेको विभेद र विकृति हटाउँदै समाजमा चेतना वृद्धि गर्ने उद्देश्यले नाटक प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

प्रतियोगिता अन्तर्गत ज्ञानोदय बालवाटिका आवासीय मावि हेटौँडा–५ को समूहले महिला हिंसाविरुद्व सचेतनामूलक ‘रक्ताम्मे मेरो शरीर’ नामक नाटक र १८ नं. वडा बालसञ्जालले लागुऔषध दुव्र्यसनीविरुद्व चेतनामूलक नाटक प्रस्तुत गरेका छन् । विभिन्न वडाका अन्य समूहको सडक नाटक प्रदर्शनी हुने प्रतियोगिता यही फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।