• १ असार २०८२, आइतबार

बसले कारलाई ठक्कर दिँदा १० जना घाइते

blog

राममणि दाहाल

मकवानपुर, जेठ ३१ गते । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् ।

शनिबार दिउँसो वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना. ५ ख. २९७० नं.को बस ब्रेक फेल भई विपरित दिशाबाट जाँदै गरेको अन टेस्ट कार र वीरगन्जबाट हेटौँडा तर्फ आउँदै गरेको ना. ८ ख. ४४० नं.ट्याङकरलाई समेत  पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा बसमा सवार चार र कारमा सवार छ गरी कुल १० जना घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएकाहरूको उद्वार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । घाइतेमध्ये छ जनाको अवस्था मध्यम र चार जनाको अवस्था सामान्य रहेको छ ।

प्रहरीका अनुसार घटनास्थल भन्दा करिब सय मिटर अगाडि रुखमा ठक्कर खाई बस रोकिएको र ट्याङ्करको पछाडि भागमा मात्र क्षति भएको छ ।