काठमाडौँ, भदौ ५ गते । कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय, काठमाडौँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि विलास धितालविरुद्ध भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
शिक्षक छनौट प्रक्रियामा पेस गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा थापा र धितालविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार थापा र धितालले १६ हजार रुपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो ।