निजामती विधेयक यसै साता संसद्मा पेस हुने
सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्को चालु अधिवेशनबाट नै पारित गर्ने गरी तयारी तीव्र पारेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले ऐनको मस्यौदा रायका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरिसकेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक साताभित्रै विधेयक संसद्मा प्रस्तुत हुने बताउनुभएको छ। नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्वारा बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले ऐनको मस्यौदा चालु अधिवेशनमै संसद्मा दर्ता हुने स्पष्ट पार्नुभयो।
करारका कर्मचारी पनि समेटिने
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई आबद्ध गराउने कार्य औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार औपचारिक रूपमा शुभारम्भ गरेसँगै अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषमा आबद्ध हुन बाटो खुलेको हो।
जलवायु विश्लेषणमा नयाँ मापदण्ड
हावापानी तथा जलवायु विश्लेषणका लागि नयाँ मापदण्ड जारी भएको छ। विश्व मौसम विज्ञान सङ्गठन र वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रले संयुक्त रूपमा अद्यावधिक गरेर विश्वव्यापी प्रयोगका लागि बुधबार नयाँ मापदण्ड जारी गरेको हो। दुई वर्षको अध्ययनपछि जलवायु विश्लेषणको नयाँ मापदण्ड जारी गरिएको विश्व मौसम विज्ञान सङ्गठनले जनाएको छ। यस मापदण्डले यसअघिको सन् १९८१–२०१० को मापदण्डलाई विस्थापित गरेको छ। यसलाई ‘डब्लुएमओ क्लाइमेटोलोजिकल स्ट्यान्डर्ड नम्र्स १९९१–२०२०’ नाम दिइएको छ। यस मापदण्डले उपलब्ध दिन, हप्ता, महिना वा वर्ष औसतभन्दा न्यानो वा चिसो छ वा छैन भनेर मूल्याङ्कन गर्न ३० वर्ष लामो आधाररेखा उपलब्ध गराउँछ। जसलाई जलवायु मानक भनिन्छ।
सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
आँखा पाकेका विद्यार्थीलाई घरमै आरामको व्यवस्था गर्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ ।
सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ : उपाध्यक्ष श्रेष्ठ
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।
प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पूर्व कप्तान पारस क्रिकेट राजनीतिमा प्रवेश
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का क्रिकेट राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने रुचि राख्नुभएका पारसले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो ।
'लम्पी स्किन'को सङ्क्रमण घट्दै
जिल्लामा खोप अभियान तीव्र गतिमा सञ्चालन गरिएपछि गाईभैँसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ ।
बजेट अभावमा कारागार निर्माण अन्याेलमा
नुवाकोटमा सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउने कामको पहिलो र दोस्रो चरण मात्र सम्पन्न भएको छ । आवश्यक रकम तथा स्रोतको सुनिश्चित्ता नहुँदा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको तेस्रो तथा अन्तिम चरणको भवन निर्माणसम्बन्धी काममा अन्यौल उत्पन्न भएको छ ।
कक्षा १२ को प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिने
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिने छ ।
राज्यका अङ्गले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अङ्गले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नुपर्ने बताउनुभयो ।
सामाजिक सुरक्षाका योजनालाई परिमार्जित र विस्तार गर्दै लैजानुपर्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरूलाई पनि बढाएर लगिने बताउनुभएको छ ।
स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्न : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ ।
सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।
रोशीमा केन्द्रीय विद्युत वितरण
रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घण्टा बिजुली बाल्न पाएका छन् ।
कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दियो, २० घाइते
पूर्वपश्चिम राजमार्गको भरतपुर–९ टिकौली जङ्गल क्षेत्रमा बुधबार बिहान कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दिँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
‘सङ्घीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेश हुन्छ : रक्षामन्त्री खड्का
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेश गर्ने बताउनुभएको छ ।
लालपुर्जा छ तर जग्गा छैन
कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको हरियो फिरेर हुर्किदै थियो । उहाँले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गर्नुभएको थियो ।
उपेक्षित वर्गलाई मूल प्रवाहमा ल्याउने सरकारकाे मुख्य रणनीति : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने मुख्य रणनीति रहेको बताउनुभएको छ ।
यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याइँदै
काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ ।
काठमाडौँ– तराई द्रुतमार्गको डिपीआर संशोधन
काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।