• ३ असार २०८१, सोमबार

सुनकोसी–मरिण डाइभर्सनको सुरुङ मार्ग निर्माण ठप्प

blog

सिन्धुली समाचारदाता

कुसुमटार (सिन्धुली), साउन १९ गते । सेवासुविधा माग गर्दै मजदुर आन्दोलनमा उत्रिएपछि राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण छ दिनदेखि ठप्प रहेको छ ।

जिल्लाले तय गरेको दरअनुसारको ज्याला पाउनुपर्नेलगायतका १२ सूत्रीय माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका मजदुर बुधबारसम्म काममा फर्किएका छैनन् । मागप्रति ठेकेदार चिनियाँ कम्पनी कोभेक सकारात्मक नभएकाले काममा कहिले फर्किने भन्ने निश्चित नभएको मज्दुरले बताएका छन् । सङ्घर्ष समितिका संयोजक सुब्बासिङ घिसिङले भन्नुभयो, “एक–दुई पटक चिनियाँ कम्पनीसँग पनि छलफलमा बस्यौँ तर हाम्रा माग सुन्नुको साटो उल्टै उनीहरूको गुनासो सुनेर आयौँ ।”

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मजदुर, कम्पनी, आयोजनातर्फबाट समिति गठन गर्ने र त्यो समितिले १५ दिनभित्र के के माग समाधान गर्न सक्छ ? समाधान खोज्ने भन्ने भएको बताउनुभयो । 

सुरुङ मार्गको प्रवेशद्वार निर्माणमा छ सयभन्दा बढी मजदुर संलग्न भएको जनाइएको छ ।