विमानस्थलबाट बरामद सुन गालियो
तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज (मङ्गलबार) टक्सार महाशाखामा गालिएको छ ।
एसिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य
नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ ।
धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताउनुभएको छ ।
सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू, दबाब र प्रभाव नचल्ने
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गर्न बैठक बोलाएको छ । कक्षा १२ को नतिजा प्रकाशन गर्न आज (मङ्गलबार) साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
काठमाडौँमा भारतीय दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस
नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाएको छ । मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासमा ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।
नेपाल प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । मङ्गलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
जलाशययुक्त आयोजना र प्रसारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार
सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्त्वपूर्ण विषय अगाडि सारेको छ ।
पहिरोले तीन घर जोखिममा
मकवानपुर बकैया गाउँपालिका ११ मा अविरल वर्षापछि आएको पहिरोका कारण तीन घर जोखिममा परेको छ ।
एमाले केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनयन
नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोद नारायण यादवको ठाउँमा दुई सदस्य मनोनीत हुनुभएको छ ।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
नारायणीको कटान रोक्न अस्थायी प्रबन्ध
पश्चिम चितवनको मेघौली न्युरेनीमा नारायणी नदीले कटान गरेपछि अस्थायी सुरक्षा व्यवस्था मिलाइएको छ । भरतपुर महानगरपालिका–२७ र २८ को सिमानामा रहेको न्युरेनीमा
बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याउँदा किसानलाई समस्या
त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् ।
त्रिपुरासुन्दरीले अझै ल्याएन बजेट
असार १० भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अझै बजेट पारित गर्न असफल भएको छ ।
अस्पतालका सबै श-या निःशुल्क
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै श-या निःशुल्क हुने भएको छ । साउन २२ गतेको बागमती प्रदेश मन्त्रीस्तरको निर्णय अनुसार प्रादेशिक अस्पतालको क्याबिन, एनआइसियु र आइसियुबाहेक अन्य सम्पूर्ण शøया भदौ १ देखि निःशुल्क रूपमा बिरामीलाई उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता दीपकप्रसाद तिवारीले
अस्पतालका लागि नगरपालिकाको सभाहल
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ ।
विकासे कार्यालयप्रति स्थानीय तहको असन्तुष्टि
काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले जिल्लामा रहेका सङ्घीय कार्यालयले समन्वयबिना कार्यक्रम सञ्चालन गरेकोमा असन्तुष्टि जनाएका छन् ।
लम्पी स्किनविरुद्ध पन्ध्र दिनमै दोब्बर खोप
सङ्घीय, प्रदेश र स्थानीय तहको सक्रियतामा १५ दिनमै तीन लाख ४५ हजार पशुमा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको छ। २०७९ चैतमा नेपालमा यो सङ्क्रमण देखिएयता चार महिनामा लगाइएको खोप र पछिल्लो पटक १५ दिनमा लगाइएको खोपको मात्रा बराबर देखिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म छ लाख ९६ हजार ४५० चौपायामा खोप लगाइएको छ।
ललिता निवास प्रकरण : पूर्वमुख्यसचिवसँग बयान
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको छ ।
हुलाकी राजमार्गमा ९१ प्रतिशत प्रगति
राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । हालसम्मको भौतिक प्रगति र वित्तीय प्रगति दुवै ९१ प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
मकवानपुरमा आँखा पाक्नेका बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड
आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढ्दै गएको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको सङ्ख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।