पाँचौँ पटक म्याद थप गर्दा पनि अझै सकिएन धरहरा निर्माण
२०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको हो ।
मदन भण्डारी राजमार्गमा पुल निर्माण सम्पन्न
राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो उक्त राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
एउटै भवनमा तीन संस्थाको दाबी
एउटै सार्वजनिक जग्गा र भवनमा तीन वटा संस्थाको आँखा लाग्दा भोगाधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका–२ स्थित शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुर रहेको भवन र जग्गामा समन्वय एकाइसँगै सिद्धार्थ माध्यमिक विद्यालय र हेटौँडा उपमहानगरपालिकाले आआफ्नै दाबी गरेपछि विवाद भएको हो।
कुहिँदै लाखौँ मूल्यका सालका काठ
वन पैदावारसम्बन्धी कसुर तथा मुद्दामा कानुनी समस्याका कारण समयमै न्यायिक निरूपण तथा छिनोफानो नहुँदा नुवाकोटमा लाखौँ मूल्यका सालका काठ कुहिएका छन् भने ढुवानीका साधन कवाडी बन्दै गएका छन् ।
मेलमिलापबाटै विवाद समाधान
सिन्धुपाल्चोकका अधिकांश विवाद मेलमिलापबाट समाधान हुने गरेका छन् । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको मेलमिलाप अभियान र बहुसरोकारवाला द्वन्द्व रूपान्तरण अभियानमार्फत सिन्धुपाल्चोकका विवाद समाधान गर्ने गरिएको जनाइएको छ ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।
प्राकृतिक प्रकोप : क्षतिको तत्काल सम्बोधन गरिने
सरकारले मुस्ताङमा भेल र पहिरोले पु-याएको क्षतिको तत्काल सम्बोधन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका तर्फबाट गर्नुपर्ने सबै पहल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिनुभएको छ। उहाँहरूबिच भएको छलफलका क्रममा देशका विभिन्न स्थानमा भारी वर्षाबाट ज्यान जोगाउन र विपत् सामना गर्नुपरेको मुस्ताङलगायत स्थानमा आवश्यक राहत तथा उद्धार व्यवस्था गर्न गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएको हो। छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले मुस्ताङमा भएको क्षतिको जानकारी दिँदै देशका विभिन्न स्थानमा सम्भावित क्षतिको न्यूनीकरणका लागि गृह मन्त्रालयले गरिरहेको पहलबारे प्रधानमन्त्री प्रचण्डसमक्ष बिफ्रिङ गर्नुभयो।
प्रहरीमा सरुवा मापदण्ड
गृह मन्त्रालयले नेपाल प्रहरीको सरुवा, बढुवा तथा पदस्थापनामा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु गरेको छ। ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९’ अनुसार ठुलो सङ्ख्याका प्रहरी निरीक्षक सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ। यो मापदण्ड कार्यान्वयनमा आएसँगै पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको मन्त्रालयले जनाएको छ।
कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।
नागरिकको अधिकारप्रति संवेदनशील हुुन आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले फुटपाथ व्यावसायीको मानवअधिकार संरक्षण गर्न आग्रह गरेको छ । फुटपाथ व्यावसायीलाई वैकल्पिक व्यवस्था गरी उनीहरुको अधिकारप्रति संवेदनशील हुुन काठमाडौँ महानगरपालिकासहित सम्बद्ध निकायलाई आग्रह गरेको हो ।
आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै
आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको सङ्ख्या पछिल्ला दिनमा घट्दै गएको हो ।
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण
भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गर्नुभएको छ ।
कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
कपन खोलामा पर्खाल निर्माण गरिँदै (फोटो फिचर)
काठमाडौँ महानगरपालिकाले कपन खोलालाई पुनः खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गर्न सुरु भएको छ ।
सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ ।
डेंगुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह
देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
केहीबेरमा कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।
अध्यक्ष तिमिल्सिना र थाई नेपाली सङ्घका पदाधिकारीबीच भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले भेट गर्नुभएको छ ।
नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।
७५० सुत्केरी पशुलाई भत्ता वितरण
सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७५० वटा ब्याएका गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गरेको छ ।
सुन तस्करी प्रकरण : सुनको तौल ६० किलोग्राम ७१६ ग्राम कायम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन नेपाल राष्ट्र बैङ्कले जोखेको छ ।
हनुमान ढोका परिसरका मन्दिर धमाधम जीर्णोद्धार हुँदै (फोटो फिचर)
वि.सं. २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएको हनुमानढोका दरबार परिसरका मन्दिरहरूको पुनर्निर्माण सम्पन्न हुँदैछ ।
मुगुमा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसले मुगुमा भएको जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।