पूर्वतयारीका कारण डेङ्गी सङ्क्रमितको सङ्ख्या न्यून
काठमाडौँ महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ ।
खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताउनुभएको छ ।
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा.रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मान मर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ ।
भक्तपुरमा जनैपूर्णिमा भदौ १३ र गाईजात्रा १४ गते मनाइने
भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ ।
माओवादी उपाध्यक्ष महरालाई पार्टी एकताबारे वार्ता गर्ने जिम्मा
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चाको प्रतिनिधित्व एवम् पार्टी एकताबारे वार्ता गर्ने जिम्मेवारी दिइएको छ ।
अर्थतन्त्र सुधार्न प्रधानमन्त्रीलाई निजी क्षेत्रले दियो सुझाव
सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ ।
गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
पोर्चुगल पठाउने भनी ३९ लाख ठगी गर्ने उमेश पक्राउ
पोर्चुगल पठाइ दिन्छु भन्दै ३९ लाख रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गठबन्धनको स्थिरताका लागि प्रभावकारी काम गर्ने
नेपाली कांग्रेसको संसदीय दलको बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।
एमाले सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोक्यो
नेकपा (एमाले) को सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको छ ।
उपराष्ट्रपति यादव चीन प्रस्थान
उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सिर्जना भएका सबै दायित्वको भुक्तानी हुन्छः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच छलफल भएको छ । आज (सोमबार) अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।
संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षीसँग संवादको पहल गर्ने निर्णय
नेपाली कांग्रेसको संसदीय दलको बैठकले निरन्तर अवरुद्ध संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलसँग संवादको पहल गर्ने निर्णय गरेको छ ।
सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण : प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
विमानस्थलमा बरामद सुन पगाल्न सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ ।
सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी
निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनु भएको छ ।
सिक्रे दोभान पहिरो प्रभावितलाई सरकारले राहत उपलब्ध गराउने
मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानको पहिरो प्रभावितलाई सरकारले राहत प्रदान गर्ने भएको छ ।
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
स्वास्थ्य मन्त्री र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकबीच भेट
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।
अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित
अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची-हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो ।
अध्यक्ष नेपाल स्वदेश फिर्ता
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किनुभएको छ । युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज स्वदेश फर्किनुभएको हो ।
दुधौली नगरपालिका घरबाट खरको छानो हटाइँदै
दुधौली नगरपालिका–१३ अरुणठाकुर निवासी पुनाकुमारी मगरको घरको छानोमा यतिखेर रङ्गिन रातो जस्तापाता टल्किएको छ ।