श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : नेता डा कोइराला
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताउनुभएको छ ।
सौराहामा हात्तीलाई वनभोज
बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो ।
वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाइ’ लोकार्पण
वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो ।
सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा
एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् ।
पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ ।
युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।
विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
तस्बिरमा २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस
२४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । प्रभातफेरी शनिबार काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर सकिएको हो ।
युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरूलाई अपिल गर्नुभएको छ ।
नुवाकोटमा निर्माणाधीन मध्येपहाडी लोकमार्गको काम ठप्प
राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको मध्येपहाडी लोकमार्गको काम नुवाकोटमा रोकिएको छ । स्थानीय सामुदायिक वन समितिको अवरोधका कारण नुवाकोटमा निर्माणाधीन मध्येपहाडी लोकमार्गअन्तर्गत विदुर नगरपालिका–५ पिपलटारदेखि विदुर नगरपालिका–१३ देउडी खण्डको २० किलोमिटर निर्माण कार्य ठप्प भएको छ ।
स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताउनुभएको छ ।
काठमाडौँका टिकट बुकिङ काउन्टर भदौदेखि बन्द
हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।
हातखुट्टा बाँधेर विष खुवाइयो
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ ।
कृषि पर्यटनबाट समृद्धि सम्भव छ
काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब २० किलोमिटर दक्षिणमा बेथानचोक गाउँपालिका अवस्थित छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछि पहिलो वर्षमा
सधैँ त्रासमा सिन्धुपाल्चोकवासी
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्को उच्च जोखिममा छ । यो वर्षायाममा हालसम्म बाढीपहिरोले ठुलो विपत्ति ननिम्त्याए पनि विपत्जन्य घटना हुन सक्ने त्रासले सिन्धुवासी पीडामा छन् ।
५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ
नेपाल प्रहरीले रु ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट रु ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
कांग्रेस नेता निधि र महाराष्ट्रका विपक्षी दलका नेता अम्बादासबिच भेटघाट
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको महाराष्ट्र प्रदेश विधान परिषद्का मुख्य प्रतिपक्षी दलका नेता अम्बादास दानवेबीच शिष्टाचार भेटवार्ता भएको छ।
एनसेलले थप्यो तीन सय अठतिस मोबाइल टावर
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आजियटाले देशका विभिन्न ठाउँमा ३३८ वटा नयाँ मोबाइल टावर जडान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै सो सङ्ख्यामा टावर जडान गरेको हो । थपिएका टावरबाट फोरजीको पहुँच बढ्ने एनसेलले जनाएको छ । फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँ पर्ने कम्पनीले उल्लेख गरेको छ । पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाकाहरू र इनरुवा नगरपालिकाका नयाँ स्थान पर्ने एनसेलले जनाएको छ ।
पुरानै स्वरूपमा यज्ञमती र चखुँचाखोला
दुई वटा ह्युमपाइपभित्र सीमित गरिएका यज्ञमती र चखुँचाखोलाको उत्खनन सुरु गरिएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलाको उत्खनन शुक्रबारदेखि सुरु गरिएको हो । काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच तीनबुँदे सहमति भएपछि खोला उत्खनन थालिएको हो । धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले दुई वटा डोजर प्रयोग गरी खोला उत्खनन सुरु गरेको छ ।
निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन
काठमाडौँ, साउन २६ गते । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उहाँहरुले आन्दोलन फिर्ता लिनुभएको हो । उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ड अर्याल, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितको उपस्थितिमा आफूहरुसँग भएको वार्तामा सो सहमति भएको जनाइएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमाल, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) अध्यक्ष रमेश सिलवालले आज संयुक्त विज्ञप्ति जारी गरी विद्यालय बन्दसमेतका आफ्ना विरोधका कार्यक्रम स्थगन गरिएको जनाउनुभएको हो । रासस
महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड चितवनमा
चितवन, साउन २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आउनुभएको छ । प्रधानमन्त्री दाहाल आज साँझ चितवन आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहनुहुनेछ । प्रधानमन्त्री दाहालको आज साँझसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नु हुनेछ । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आउनुभएको हो । रासस