राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गर्नुभएको छ । शीतल निवासमा बिहान १० बजे उहाँहरूले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो ।
काठमाडौँ महानगरले थप्यो ५१ कर्मचारी (नामावली सहित)
काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ ।
एकीकृत समाजवादीको बैठक भदौ पहिलो हप्ता
नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।
डेङ्गुबाट एक जनाको मृत्यु
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
बनेनन् प्रदेश सरकारका स्थायी भवन
बागमती प्रदेश सरकारले स्थापनाको साढे पाँच वर्ष बितिसक्दा पनि व्यवस्थित स्थायी संरचना बन्न सकेको छैन । स्थायी संरचना नबन्दा मन्त्रालय, मन्त्री र पदाधिकारीको सरकारी निवास भाडाबापत करोडौँ रुपियाँ खर्च हुने गरेको छ । अधिकांश मन्त्रालय र निकाय तत्कालीन अवस्थामा खारेजीमा परेका सरकारी भवनबाट सञ्चालन भइरहेका छन् ।
युवाका नीति कार्यान्वयनमा समस्या : युवा सांसद
युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उहाँहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताउनुभयो ।
‘सामुदायिक वनको योगदान महत्त्वपूर्ण’
नेकपा (एमाले) का अध्यक्ष तथा संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
बर्सेनि चार अर्ब रुपियाँको बिजुली जनतालाई निःशुल्क
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारण जनतालाई हरेक वर्ष चार अर्ब रुपियाँ बराबरको विद्युत् निःशुल्क उपलब्ध गराएको छ । २० युनिटभन्दा कम खपत हुने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दा गएको दुई वर्षमा बर्सेनि चार अर्ब रुपियाँको विद्युत् निःशुल्क वितरण गरिएको प्राधिकरणले जनाएको छ ।
नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
साझा भण्डार भोटाहिटीको नाममा रहेको विभिन्न स्थानको जग्गा बिक्री गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगरपालिका र बाँकेको कोहलपुरमा रहेको जग्गा बिक्री गर्दा अनुचित लाभ लिएको आरोपमा तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने, योगेन्द्रनाथ कर्माचार्य तथा सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार नौ जनालाई जनही चार करोड चार लाख २४ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।
यज्ञमती र चखुँचाखोला अब पुरानै स्वरूपमा, आजदेखि डोजर चलाइने
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ। काठमाडौँ महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको हो। महानगरको टोली बिहीबार पुरिएको खोला खोल्न गए पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन। शुक्रबार बिहानदेखि चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ। काठमाडौँ महानगरप्रमुख बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबिच बिहीबार दिउँसो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको छ।
बसको रङ कायमपछि नयाँ रुट इजाजत
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ। यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो। कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ।
सुकुमलाललाई नयाँ घर
सुकुमलाल प्रजाले बल्ल चिटिक्कको पक्की घर पाउनुभएको छ। लामो समयदेखि वर्षायाममा पानी चुहिने र हावाहुरी आउँदा घरभित्रै पानी पस्ने छाप्रोमा उहाँको बास थियो। अब भने सुकुमलालको बसाइ सहज हुने भएको छ। बारबेर केही नभएकाले बस्दै आएको घर खुला गोठजस्तै थियो। भान्साका भाँडाबर्तन गतिला थिएनन्। भएका सिलाबरका पुराना भाँडाकुँडा असरल्ल रहन्थे। न लगाउने कपडा नै गतिला हुन्थे, न त ओढ्ने ओछ्याउनेले चिसो छल्न सक्थे। यसरी नै वर्षौंदेखि दैनिकी चल्दै आएको थियो पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेका ४१ वर्षीय सुकुमलालको पाँच जनाको परिवारको। छाप्रोमा बसेर दैनिक गुजारा गर्दै आउनुभएका सुकुमलालको सहृदयी दाताको सहयोगमा अबको घरायसी दैनिकी फेरिने भएको छ।
डेंगी सङ्क्रमणले एक युवकको मृत्यु
डेंगी रोग सङ्क्रमणबाट हेटौँडा उपमहानगरपालिका–१२ का एक युवकको मृत्युभएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ती युवाको बिहीबार मृत्युभएको हो ।
सैनिक कल्याणकारी कोषको सम्पत्ति रु. ७७ अर्ब ६१ करोड
सैनिक कल्याणकारी कोषको कुल सम्पति रु. ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाँैथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो ।
चलचित्रको सेल्युलाइड युग
नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ ।
राष्ट्रिय पुस्तक नीति जारी गर्न माग
मुलुकमा पुस्तक प्रकाशनको लामो इतिहास भए पनि अहिलेसम्म कस्तो पुस्तक, कुन आधारमा कसरी प्रकाशन गर्ने भन्ने स्पष्ट नीति नहुँदा पाठकहरु ठगिएका छन् भने राज्यले पनि ठूलो आर्थिक नोक्सानी व्यहोरिरहेको छ ।
सामुदायिक वनलाई रोजगारी सिर्जना गर्नेतिर लैजानुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामुदायिक वनलाई रोजगारी सिर्जना गर्ने तथा आम्दानी गर्नेतर्फ रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन दिवसको अवसरमा एमालेको वन तथा वातावरण विभागको आयोजनामा बिहीबार धुलिखेल नगरपालिका –२ रविगाउँस्थित अल्छे सामुदायिक वनमा आयोजित बृहत वृक्षारोपण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता हुन ढिलाइ
नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता भएको छैन ।
नयाँ बानेश्वरमा ट्याक्सी चालकको प्रदर्शन
नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् ।