साइबर सचेतना प्रभावकारी बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी तुल्याउनुपर्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यसँगको भेटमा उहाँले
सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश
जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
कपनको खोलामा महानगरको डोजर (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले कपनको खोला खुला गर्न सुरु गरेको छ। महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुला गर्न सुरु गरेको हो।
कांग्रेस बैठकमा सांसद शर्मा पक्राउबारे उठ्यो आवाज
नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा.सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।
पहिरोमा परी प्रहरी जवानको मृत्यु
मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परी मृत्यु भएको छ ।
अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा
नेपाल सरकार र नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बीच संयुक्त समीक्षा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा समय र लागत दुवै बढ्यो
‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ ।
कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
शिक्षा ऐन सच्याएर सदनमा पेश गर्दैछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ ।
५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ
काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटकको आगमन सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।
रास्वपाले संसद् अवरुद्ध भएको दिनको सेवासुविधा नलिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताउनुभयो । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उहाँले भन्नुभयो ।
कांग्रेस संसदीय दलको बैठक सुरु, संसद अवरोधबारे छलफल हुने
नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा सरु भएको कांग्रेस संसदीय दलको बैठकमा संसद निरन्तर अवरुद्ध भएको र यस्तो अवस्थमा प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल हुने बताइएको ।
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।
महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो ।
सङ्घमा अझै आएन अन्तर प्रदेश सवारी साधनको बाटो इजाजत अनुमति
संविधान कार्यान्वयनमा आएको आठ वर्ष बित्न लाग्दासमेत त्यसको व्यवस्थाअनुसार अन्तर प्रदेशमा चल्ने सवारी साधनको अनुमति दिने काम पूर्णरुपमा केन्द्रमा आउन नसकेको हो । बाटोको अनुमति पहिलेदेखि नै यातायात व्यवस्था कार्यालयले दिँदै आएकाले अहिले पनि दिइरहेको र व्यवसायी पनि सेवा लिन जाने गरेको सवारी जाँच केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो ।
सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधि
सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दूबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची ।
ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताउनुभयो ।
राष्ट्रिय सभामा एमालेको अवरोध
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा एमालेले अवरोध कायम राखेको हो ।
महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनुभएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले सो कुरा भन्नुभएको छ ।
संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो : सांसद बेल्वासे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी बेल्वासेले संसद् अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ ।
गाँजा र अफिमको विकल्पमा तीन लाख कफीको बिरुवा लगाइँदै
अवैध गाँजा र अफिम खेतीको विकल्पमा मकवानपुरको राक्सिराङ गाउँपालिकामा कफी खेती गरिने भएको छ ।
राष्ट्रियसभा बैठक जारी
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्नुहुने कार्यसूची रहेको छ ।