• १३ साउन २०८१, आइतबार

कपनको खोलामा महानगरको डोजर (फोटो फिचर)

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, साउन २६ गते। काठमाडौं महानगरपालिकाले कपनको खोला खुला गर्न सुरु गरेको छ। महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खोला खुला गर्न सुरु गरेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं. १०, १२ का अध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं. ६, ७ को वडा अध्यक्षबीच शुक्रबार सो क्षेत्रको सीमा यकिन गरी नाप नक्सा गर्ने सम्बन्धमा सहमति भएको हो।

उक्त भागको सतहमा रहेको यज्ञमती र चखुँचाखोलामा  राखिएको ह्युम पाइप निकाल्ने साथै आवागमन गर्ने स्थान धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, सात तल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरले बेलिब्रीज पुल निर्माण गर्न सक्ने सहमति भएको छ।

काठमाडौं महानगर वडा ७ का अध्यक्ष विमल होडा, वडा ६ का अध्यक्ष भुवन लामा, बुढानिलकण्ठ नगरपालिकाका वडा १० का अध्यक्ष नवराज भट्टराई र वडा १२ का अध्यक्ष शम्भुराम प्रसाद भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।