अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ ।
ल्याण्डपुलिङको नाममा जग्गा रोकेर राख्नु जायज होइन: मन्त्री गुरुङ
सहरी विकास मन्त्री सीता गुरुङले काठमाडौँ उपत्यकाभित्र ल्याण्डपुलिङको नाममा नागरिकहरूको जग्गा धेरै समयदेखि रोकेर राख्नु जायज नभएको बताउनुभयो । ६÷७ वर्षदेखि ल्याण्डपुलिङको नाममा नागरिकहरूको जग्गा रोकेर राख्नु नहुने बताउँदै उहाँले तत्काल निकास दिनुपर्ने बताउनुभयो । यस विषयमा आफू गम्भीर रहेको बताउँदै मन्त्री गुरुङले ल्याण्डपुलिङ गर्न नसक्ने भए तत्काल निकास दिन निर्देशन दिनुभयो ।
विपत्तिबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपत्तिबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।
सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी
खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ ।
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस
चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् ।
दामन रिसोर्टकाे भाडा एक करोड रुपियाँ
मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने भएको हो ।
‘स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु भएको बताउनुभएको छ ।
ऊर्जा विकासमा संयुक्त प्रतिबद्धता आवश्यक
ऊर्जा क्षेत्र द्रुत विकासका लागि सबै दलको संयुक्त प्रतिबद्धता आवश्यक रहेको औँल्याइएको छ । संसद्को पूर्वाधार विकास समितिमा मङ्गलबार भएको नेपालको ऊर्जा विकाससम्बन्धी छलफलमा सहभागी संसादहरूले यस्तो आवश्यकता औँल्याएका हुन् । आगामी १० वर्षमा ३० हजार मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने सम्भावना साकार पार्न यस्तो प्रतिबद्धता आवश्यक रहेको बताइएको हो । मङ्गलबार सिंहदरबार स्थित पूर्वाधार विकास संसदीय समितिको सभा हलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको समस्या र सोको समाधानका उपायबारे छलफल भएको थियो ।
कपनमा बाढी नियन्त्रणको दीर्घकालीन समाधान खोजिने
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँको बूढानीलकण्ठको कपन, सामाखुसी, कलङ्कीसहित जलाधार बढ्दा बाढीको समस्या उत्पन्न हुने क्षेत्रमा तत्कालीन र दीर्घकालीन समाधान खोजिने बताउनुभएको छ। सञ्चार मन्त्रालयमा बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले काठमाडौँ उपत्यकामा देखिएको बाढीको समस्या समाधान गर्न आवश्यक कदम चालिने बताउनुभएको हो। उहाँले काठमाडौँकै कपन, सामाखुसी, कलङ्कीको मालपोत कार्यालय डुबानमा परेको घटना स्मरण गर्दै प्रकृतिमाथि भइरहेको छेडखानीप्रति सजग हुनुपर्ने बताउनुभयो।
नागरिकता नियमावली अन्तिम चरणमा
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम मस्यौदा पूरा भइसकेको र आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने जानकारी दिनुभएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम खाका मन्त्रीपरिषद्मा पेस हुने बताउनुभयो ।
‘र्यापिड एक्सन टिम’ को काम अवैध
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् । पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी ‘ब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।
भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा
नेपाल निर्माण व्यवसायी महासङ्घको दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । काम गरेको भुक्तानी सरकारले उपलब्ध गराएको भन्दै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अगाडि बढाएका हुन् । महासङ्घको नेतृत्वमा बुधबार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिट्ठी जुलुस गरेका हुन् । विरोध सभामा सात प्रदेशका ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू सहभागी भएका हुन् ।
द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको छ ।
राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताउनुभएको छ ।
लम्पी स्किन विरुद्ध ५० हजार पशुलाई खोप लगाइने
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय सभा बैठक : ‘संसद्लाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुल्न नसक्ने अडान लिएका छन् ।
उपराष्ट्रपति यादव चीन भ्रमणमा जानुहुँदै
उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो ।
अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह
औषधि व्यवस्था विभागले सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह गरेको छ ।
महाधिवेशनको यात्रामा माओवादी
नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मधुगङ्गा महादेव मन्दिर
सिन्धुली जिल्लाको दुधौली नगरपालिका-२ हत्पते लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर पछिल्लो समय धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
मदन पुरस्कारका लागि छानिए पाँच पुस्तक
मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि पुस्तकहरुको छनाेट गरी सार्वजानिक गरेको छ । बुधबार विज्ञप्तिमार्फत गुठीले सूची सार्वजनिक गरेको हो । विज्ञप्तिअनुसार सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर सूचीमा परेका छन् ।
मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस (फोटो फिचर)
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी
सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।