४ बजेका लागि सर्यो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठकको समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अपराह्न ४ बजेका लागि सरेको हो ।
डेंगुले यो वर्ष सात जनाको मृत्यु
नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा. आचार्यको उम्मेदवारी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ ।
आजै पुनः बस्ने गरी सकियो शीर्ष नेताको बैठक
संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति
संसदमा पठाउन मन्त्रिपरिषदबाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि सङ्घीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो समुदायले आपत्ति जनाएको हो ।
दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभएको छ ।
एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा. भुसाल
नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा. वेदुराम भुसालले पाउनुभएको छ ।
‘विश्वस्तरीय शिक्षणमा मदन भण्डारी विश्वविद्यालय सफल हुन्छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नवस्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन र अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज (सोमबार) पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
उस्तै छ, जातीय भेदभाव तथा छुवाछूत
बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका–७ स्यालढुङ्गास्थित बाहुन बस्ती नजिकै स्थानीय पुड्के ओखेडाले २५ वर्षअघि अलिकति जग्गा खरिद गर्नुभएको थियो । उहाँले आफ्नै नाममा लालपूर्जा भएको त्यो जमिनमा घर बनाएर बस्ने सोच बनाउनुभयो ।
मुग्लिन–मलेखु सडक विस्तार थालियो
मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवन खण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।
साना उद्योगलाई बचाउने सरकारको मुख्य दायित्व : मन्त्री महर्जन
घरेलु तथा साना उद्योग संघ काठमाडौंले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ ।
प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
संसद् अवरोध खुलाउन शीर्ष नेताको बैठक
संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।
तेइस ठेकेदार कम्पनी कालोसूचीमा
विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरू अरू कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।
सांसदलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भूमिका वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौँ, साउन २२ गते । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । आजको बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित भएको उहाँले बताउनुभयो । मुख्य सचेतक पाण्डेले सदनलाई सञ्चालन गर्न विभिन्न तहमा छलफल र संवाद भइरहेको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले राख्नुभएको बैठकमा सदन सञ्चालन गर्न सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले सभाको गतिविधि र मुख्य सचेतक पाण्डेले प्रतिनिधिसभाको गतिविधिबारे जानकारी गराउनुभएको थियो । दुवै सदनका सचेतकको ‘ब्रिफिङ’ का सम्बन्धमा राष्ट्रियसभा र प्रतिनिधिसभाका १२ सांसदले धारणा राख्नुभएको थियो । बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले समग्र नेपाली जनताको भावनालाई समेटेर सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि र सङ्घीय संसद्को भूमिका अझ वृद्धि गर्न सांसदलाई निर्देशन दिनुभएको थियो । उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिले लिएका निर्णय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकको मूल भावका साथै सङ्घीय संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा प्रष्ट पार्नुभएको थियो । उहाँले सङ्घीय शिक्षा, सङ्घीय निजामती र सङ्घीय प्रहरी ऐन सरकारको प्राथमिकतामा रहेको र ती विधेयक तत्काल सदनमा दर्ता गर्न लागिपरेको बताउनुभयो । बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलसँगको संवादका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै अवैध सुन बाहिरिएको विषयको निश्पक्ष छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने निर्णय भएको विषय राख्ने जानकारी दिनुभएको मुख्य सचेतक पाण्डेले बताउनुभयो । “सुन समातिएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान अगाडि बढायो, यो राजस्वसँग मात्र सम्बन्धित नभएको र सङ्गठित अपराधसँग पनि जोडिएकाले यसको अनुसन्धानका लागि सिआइबीको जिम्मा लगाएको छ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो । रासस
अध्यक्ष नेपाल जेनेभा प्रस्थान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
चौबीस करोड खर्चमा नौ ‘भ्यु टावर’ तयार
बागमती प्रदेश सरकारले प्रदेशका नौ जिल्लामा एक एक वटा ‘भ्यु टावर’ (दृश्यावलोकन स्तम्भ) निर्माण गरेको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा नौ वटा ‘भ्यु टावर’ बनाउन २३ करोड ८७ लाख ८८ हजार ७६८ रुपियाँ खर्च भएको छ ।
भरतपुर आँखा अस्पतालमा बिरामीको भीड
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग : आपतकालीनतर्फ आज छिचोलिँदै
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सोमबार छिचोलिने भएको छ। अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिँदै छ। नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले आयोजनाको आपत्कालीन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने जानकारी दिनुभयो। “भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम तय भएको छ,” उहाँले भन्नुभयो, “दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको छ। छिचोल्नका लागि अब एक मिटर खने पुग्छ।”
आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।
सभामुखबाट शीर्ष नेताको बैठक आव्हान
सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गर्नुभएको सचिवालयले जनाएको छ ।
सञ्चालनमा आयो तीनलाल पार्क
रामेछापको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क घुमफिरका लागि खुला गरिएको छ ।