सन्त निरंकारीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन
सन्त निरंकारी मण्डल नेपालले नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सहकार्यमा आज निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । शिविरमा १२३ जना विरामीले आँखा परीक्षण गराउनुभएको छ ।
माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ ।
मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरूमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।
राष्ट्रपति पौडेल निजी निवास बोहोराटारमा
राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो निजी निवास बोहोराटार पुग्नुभएको छ । राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलो पटक शनिबार बिहान बोहोराटार पुग्नुभएको हो ।
भारी वर्षाको सम्भावना
नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।
कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत
तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
कैलालीमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान थालिएको छ । डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको हो ।
पनौतीका भित्तेचित्र
काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका, खोपासीमा भएको लिच्छवि संवत् ५२० को अभिलेखमा शिवदेव र अंशु बर्माले द्वारोद्घाटन र कैलाश यात्राका समयमा खोपासी क्षेत्रबाट जनैपिच्छे पचास वटा सेता जातका माटो अर्थात् कमेरो केन्द्रमा पु-याउनुपर्ने थिति बसालेका थिए । कमेरो सेतो रङको माटो हो, विभिन्न मन्दिर देवस्थल तथा घर रङ्गाउन, सिँगार्न यसको उपयोग गरिन्थ्यो । लिच्छविकालका विभिन्न अभिलेखमा रङका बारेमा उल्लेख भएको पाइन्छ ।
कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेका छौँ
सिन्धुपाल्चोक जिल्लामा पर्ने बाह्रबिसे नगरपालिका हिमाली क्षेत्रको नगरपालिका हो । समुद्री सतहबाट चार सय मिटरदेखि चार हजार मिटरसम्म उचाइको भूबनोट यहाँको छ ।
गुन्डुका खेतबारीमा मखमली, सयपत्री
सूर्यविनायक नगरपालिका–७, गुन्डुका खेतबारीका डिल, टनेललगायतमा हाल मखमली, सयपत्री फूलको रूपमा किसानको मेहनत र लगानी फक्रिन थालेका छन् । स्थानीय बासिन्दाले तिहार पर्वलाई लक्ष्यित गरी मखमली फूलको माला गाँस्न, सयपत्री फूलको गुच्छा र माला बेच्न सुरु गरेका हुन् ।
प्रहरीका ४९ नयाँ भवन निर्माण सम्पन्न
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ भने १८ भवन निर्माणाधीन छन् ।
परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
। शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउनुहुँदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सय किलो सुन प्रकरणः अनुसन्धानको जिम्मा ‘सिआइबी’लाई !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय किलो सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिनेबारे छलफल भएको छ ।
विद्युतीय हाजिरी मेसिन प्राध्यापकले नै बोकेर हिँडिदिए : त्रिवि उपकुलपति बास्कोटा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताउनुभएको हो ।
प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले भ्रष्टाचारका अरु प्रकरणको पनि छानबिन गर्छः मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ ।
आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द
विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।
सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना
काठमाडौं, साउन १९ गते। श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ। शुक्रबार नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित श्रमजीवी पत्रकारले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएका हुन्। महासङ्घको तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले विभागमा आएका उजुरीलाई कार्यविधिले तोकेअनुसार फर्छ्याेट गर्दै आएको बताउनुभयो। उहाँले प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गर्नुभयो। उहाँले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफलअघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फर्छ्याेट गर्ने गरेका छौँ। हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ। प्रेस रजिष्टारको भूमिका तोकिए जति निर्वाह गरेका छौँ। श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनुपर्छ।’ धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताउनुभयो। प्रदर्शनकारीले प्रेस रजिष्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए। उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिष्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाएर प्रदर्शन गरेका हुन्।
पत्रकार हरिप्रसाद रिजालको निधन
पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ। ४३ वर्षीय पत्रकार रिजालको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो।
डेंगुबाट सातको मृत्यु, सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी
डेंगु सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट सात जनको मृत्यु भएको हो ।
यस्तो छ सोह्रौँ आवधिक योजनाको अवधारणापत्र
‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को अवधारणापत्र तयार भएको छ ।
गत आवमा ७८ आयोजनाले बुझाए वातावरणीय स्वअनुगमन प्रतिवेदन
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वअनुगमन प्रतिवेदन बुझाएका छन् ।