काठमाडौं महानगर र नबिल बैंकबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्झौता
काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ। काठमाडौंको सुन्धरास्थित महानगरको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्याल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले १८ वटै शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्ने विषयमा लिखित सम्झौता गर्नुभएको हो।दरबारमार्गस्थित नबिल बैंकको केन्द्रीय कार्यालयसहित, जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी, चाबहिल, कुलेश्वर, कान्तिपथ, बसुन्धरा, सिनामंगल, कलंकी, भाटभटेनी, धुम्बाराही, न्यूरोड, कालीमाटी र शंखमूलसहित सबै शाखामा सो सेवाप्रवाह गरिने सम्झौतामा उल्लेख छ।शाहले उपत्यकामा केही गर्न सकिन्छ कि भनेर महानगरसँग यसखाले साझेदारी गरिएको बताउनुभयो। “काठमाडौं मेयरज्यूको मात्रै होइन, हामी सबैको हो। झन् सुन्दर बनाउन सक्छौं भने किन नगर्ने भनेर हो”, उहाँले संक्षिप्त प्रतिक्रिया दिनुभयो।यसैगगरी, महानगरका प्रशासकीय अधिकृत पौड्यालले पनि संक्षिप्त रुपमा बोल्नुहुँदै सानो र महत्वपूर्ण काम हासिल गर्ने, संस्थागत जिम्मेवारीबाट सरकार र नागरिकलाई सिकाइ अभ्याससँग जोड्ने, नागरिक चेतनास्तर अभिवृद्वि एवम् सहरी सेवाको खुड्किलो बढाउन यो सेवा प्रवाह गरिएको बताउनुभयो।उक्त सम्झौताको समयावधि अबको पाँच वर्षको हुनेछ। सम्झौतापत्रमा आवश्यकता अनुसार अवधि थप गर्न सकिने व्यवस्था छ।
सेनेटरी प्याड बनाउन छात्राहरुलाई तालिम
धादिङको नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालय र १४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका किशोरीहरु आफ्ना लागि आवश्यक हुने सेनेटरी प्याड आफै बनाउन थालेका छन् । नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइए पछि आवश्यक प्याड बनाउन थालेका हुन् ।
चीन र भारतमा पाइने चरा नेपालमा
चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु विडारीले ‘चाईनिज पोन्ड हेरोन’ चरा नेपालमा पहिलो पटक देखापरेको जानकारी दिनुभयो ।
नेपाल पर्वतारोहण सङ्घकाे निर्वाचन जेठ २७ मा
नेपाल पर्वतारोहण सङ्घको केन्द्रीय नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन हुने भएको छ । कोभिड–१९ महामारीका कारण केही वर्ष पछि सरेको संघको अधिवेशन सुरु भएको छ ।
भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत
भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो ।
सात प्रकारका क्यान्सरको अनुसन्धान हुँदै
क्यान्सर रोगको पहिचान र उपचार कसरी गर्ने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।स्थानीय तहका स्वास्थ्य संस्था, बिरामीदेखि विशेषज्ञ अस्पतालका चिकित्सकले रोग भए नभएको कसरी पत्ता लगाउने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र डब्लूएचओअन्तर्गत आईएआरसी संस्थाको संयुक्त प्रयासमा अनुसन्धान सुरु भएको हो ।
काठमाडौं महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित
काठमाडौं, जेठ २४ गते । काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित हुनुभएको छ। आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो। नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ। दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा (माओवादी केन्द्र) का अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ। निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो। गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोलसहित १६० जना सबै सदस्यले मतदान गर्नुभएको थियो। प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको सङ्ख्या १६० भएको हो। निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य सङ्ख्या ४२ भएको छ। यसमा प्रमुख र उपप्रमुख, ३२ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य हुनुहुन्छ। निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको थियो। निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ।
इम्बोस्ड नम्बर प्लेटमाथि दुविधामा नपर्न विभागको आग्रह
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटप्रति आशंक एवम् कुनै दुविधामा नपर्न आग्रह गरेको छ।
बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका ५० वर्षीया महिलाको मंगलबार दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेको ज्यान गएको जानकारी दिनुभयो । घटनाको बारेमा पुष्टि भएपछि चारवटा हात्ती प्रयोग गरेर बोटेको खोजी भइरहेको जानकारी दिनुभयो ।
भरतपुर महानगरको कार्यपालिका निर्वाचनमा पाँच दलीय गठबन्धन विजयी
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित हुनुभएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका आठै जना निर्वाचित हुनुभएको हो । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)का कोपिला उपरकोटी –९२) मत प्राप्त गरी विजयी हुनुभएको छ । महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)का विना नेपाली (८६) निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।एमाले–राप्रपा गठबन्धनबाट तीन जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ पाँच सदस्यमा उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।
स्रोत नखुलेको करिब चार कराेड रूपियाँसहित पाँचजना पक्राउ
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।
चितवनमा एक हजार विरुवा रोपियो
विश्व वातावरण दिवसको अवसर पारेर चितवन जिल्लामा एक हजारभन्दा बढी विरुवा रोपिएको छ । जिल्लाको सामाजिक संघ सस्था तथा सरकारी कार्यालयको अगुवाइमा वृक्षारोपण गरिएको हो ।
राजनीति होइन, महानगरको विकास हेर्छु : प्रमुख दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिभन्दा माथि उठेर महानगरको विकासमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मीले सोमबार आयोजना गरेको वधाइ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
यात्रुद्वारा चढाइएका ऐनाका कारण भरियो रिठ्ठेभिरको भित्ता
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–५ रिठ्ठेभिरस्थित सेतीदेवी मन्दिरमा ऐना चढाउनेको सङख्या बढ्दै गएको छ ।
लाङटाङ निकुञ्जमा पर्यटकको आगमन बढ्यो
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।
बाँदरमुढे घटनाको १७ वर्ष : अझै न्यायोचित परिपूरण हुन सकेन
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।
शिक्षकलाई सडक सुरक्षा तालिम
बर्दिबास–सिन्धुली–धुलिखेल सडकमा पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूलाई आइतबार सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
गोरखापत्रकर्मी सम्मानित
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याएबापत गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मान गरेको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा हरेक वर्ष पत्रकार र चलचित्रकर्मीलाई सम्मान गर्दै आएको चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाले आइतबार हेटौँडामा गोरखापत्रकर्मी दाहालसहित सात जनालाई सम्मान गरेको हो ।
सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भए पनि चाँगुनारायणका वडा नं ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् । उनीहरुलाई जरुरी कामको लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजानसमेत महँगो भाडा तिरेर सवारी साधन ‘रिजर्भ’ गर्नुपर्ने बाध्यतासमेत छ ।
पाइलैपिच्छे धराप
घरअगाडिको बाटोमा दुईतर्फ नै ढलान गर्न फलामे रड बिछ्याइएको छ । आवतजावत गर्ने स्थानीयवासी भित्ताको तारजाली समातेर हिँड्छन् । पानी पर्न थालेपछि घरअगाडि बनाइएको झन्डै छ फिटको खाड
एमआरआई खरिदको फाइल अड्किएपछि समस्या
दैनिक एक हजार पाँच सय बिरामीलाई ओपीडीबाट सेवा दिँदै आएको भरतपुर केन्द्रीय अस्पतालमा एमआरआई सेवा लिनेको सङ्ख्या पछिल्लो समय वृद्धि भएको छ तर एमआरआई उपकरण खरिदका लागि अस्पतालले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराई त्य
भरतपुर अस्पतालमा विरामीको चाप धान्न कठिन
स्वास्थ्य विमाको कार्यक्रमलाई स्थानीय पालिकाले प्राथमिकतामा राखेर विमित गराउँदा त्यसको असर भरतपुर अस्पतालमा परेको छ । नव निर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा रहेका सेवाग्राहीलाई विमित कार्यक्रम प्राथमिकतामा राखेका थिए । चितवन बाहिर पनि यो कार्यक्रम जोडतोडकासाथ जनप्रतिनिधिले राखेका छन् । विमा गरेकाहरु उपचारका लागि भरतपुर अस्पताल आउने गरेका छन् ।
जंगली मौरीलाई घारमा राखेर वार्षिक ७ लाखसम्म आम्दानी
कैलाश लामा चरिकोट, जेठ २२ गते । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर–५ सुरी स्थित काप्ती विकड गाउँमा विगत नौँ वर्षदेखि यहाँका किसानहरुले मौरीपालन व्यवसाय गर्दै आएका छन् । भौगोलिक विकटताले सदरमुकाम चरिकोटबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने यस गाउँमा हालसालै कच्ची सडक पुगेकाले महलाई बजारसम्म पु¥याउन सजिलो भएको छ ।अधिकांश गुरुङ बस्तीमा आयआर्जनका लागि गाई, भैंसी, बाख्रालगायतका पशुपालन गरेता पनि मुख्य रुपमा चौरी र भेडापालन गरिन्छ । तर सुरुसुरुम एकदुई वटा काठको डुडमा परम्परागत रुपमा मौरी पालन गरेता पनि हाल आधुनिक घारमा मौरीपालन गरिँदै आएको छ ।सिकर्मी काममा पोख्त रहेका काप्ती गाउँका विशाल खड्का (रामकुमार)ले मौरीको आधुनिक घार निर्माण गारी जंगलको रुखको टोड्कोमा बस्ने मौरीलाई घारमा राखेर मौरी उत्पादन गर्न थालेपछि हाल यस गाउँका अधिकांशले घरायसी प्रयोज मात्र नभएर व्यवसायिक रुपमा समेत मौरी पालन गर्न थालेका छन् ।वनजंगलको रुखको टोड्कोमा रहने मौरीलाई झोलामा ल्याएर घारमा राखी मौरी उत्पादन गर्न थालेका उहाँकोमा हाल एक सय २० घार मौरी छन् । हाल घारबाटै मौरी उत्पादन गरी बेच्ने गरेको उहाँले बताउनुभयो ।‘वार्षिक सात सयदेखि एक हजारसम्म मौरी घार बेच्ने गरेको छु ।’उहाँले भन्नुभयो, ‘एक घारमा एपि सेरेना जातको २५ हजारसम्म मौरी र एउटा रानी हुन्छ ।’ मौरी नभएको घारको तीन हजार पाँच सय र मौरीसहितको घारलाई दस हजार रुपियाँ लिने गरिन्छ ।मौरी घार निर्माणका लागि घर नजिकै फर्निचर स्थापना गरी एक जना सिकर्मीलाई मासिक तलबमा राखिएको छ भने, श्रीमती निरुता गुरुङ खड्का र आफूसमेत लागि परेको विशाल बताउनुहुन्छ ।मह उत्पादन भन्दा पनि मौरीसहितको घार नै विक्री गर्दा वार्षिक सातदेखि दस लाख रुपियाँसम्म आम्दानी हुने बताउँदै उहाँले भन्नुभयो ‘हाल मौरीको माग प्रशस्तै छ, तर पु¥याउन सकेको छैन ।’रोजगारीको सिलसिलामा २०६२ सालमा मलेसिया पुग्नुभएका विशालले करिब ४ वर्ष विदेशमा बिताउँदा पनि वार्षिक एक लाख बचाउन नसकेपछि गाउँमै फर्केर सिकर्मी काममा लाग्नुभएको थियो ।गाउँघरमा परम्परागत रुपमा मौरी पाल्ने तरिकालाई आधुनिक र व्यावसायिक बनाउँदा पनि फाइदा हुने विश्वासमा २०७० साल फागुनदेखि मौरीपालनमा लाग्नुभएका उहाँले जंगलको मौरी संकलन गरी मौरी उत्पादन थाल्नुभएको हो ।हाल जिल्लाका अधिकांश क्षेत्रका मौरीपालक किसानले मौरी घार किनेर लाने गरेको उहाँ बताउनुहुन्छ । त्यसैगरी काठमाडौंलगायत जिल्ला बाहिरबाट समेत मौरी घारको माग हुने गरेको छ । हालसम्म उहाँले पाँच पटकसम्म मौरीपालन तथा उत्पादनसम्बन्धी तालिम लिनुभएको छ ।उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०७७ साल असोजमा ४० औँ विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट मौरीपालन गर्ने कृषकतर्फ राष्ट्रिय स्तरमा द्वितीय भई नगद आठ हजार रुपियाँ पुरस्कार समेत पाउनुभएको थियो ।
मेलम्ची आयोजनाकाे भविश्यबारे छलफल
मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय तहसँग खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका भविश्यबारे छलफल थालेको छ ।