तेस्रो दिनमा माओवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ ।
मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै
मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।
जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ आँखा पाक्ने रोग
विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।
सबैभन्दा बढी विषादी केरामा
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उहाँले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुक्रवार बिहान सुरु भएको छ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ६२ औँ सचिवालय बैठक सुरु भएको जानकारी दिनुभयो ।
दोलखामा पहिरोमा परी एक जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते
दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको सब फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।
माओवादी केन्द्रको बैठक : केन्द्रीय सदस्यले बोल्ने क्रम जारी
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
मानव बेचबिखन र ओसारपसारविरुद्ध नीति बनाइँदै
बागमती प्रदेश सरकारले प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसारविरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति बनाउने भएको छ ।
तामाकोसीको हकप्रद सेयर साउन २६ गते बन्द
दोलखाको बिगु गाउँपालिका–लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद सेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ ।
चार घन्टा समय थपेर सेवा
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाले अतिरिक्त चार घण्टा समय थपेर नागरिकलाई सेवा प्रवाह गरेको छ । कार्यालय समयमा बिहान दुई घण्टा र बेलुका दुई घण्टा गरी चार घण्टा समय थपेर साउन पहिलो सातादेखि नागरिकलाई सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
घर, जग्गा रजिस्ट्रेसन दस्तुर सङ्कलन ४५ प्रतिशतले कम
अघिल्ला वर्षहरूको तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा घर, जग्गा रजिस्ट्रेसन बापतको दस्तुर सङ्कलनमा ४५ प्रतिशतले कमी भएको छ । सरकारले गत वर्ष जग्गाको वर्गीकरणका लागि कित्ताकाट रोकेका कारण जिल्लामा घर, जग्गा रजिस्ट्रेसन बापतको राजस्व सङ्कलनमा कमी आएको हो ।
भरतपुर महानगर र चीनको सिगात्से सिटीबिच सहमति
भरतपुर महानगरपालिका र चीनको सिँगात्से सिटीबिच आपसी हितको विषयमा सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालबिच दुई सहरबिच एकआपसमा सहयोग आदनप्रदान गर्ने सहमति भएको हो । कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबिच सहम
ग्रामीण आँखा केन्द्र सञ्चालन
दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । सो गाउँपालिका–४, मालुमा स्थापना गरिएको केन्द्रको मङ्गलबार गाउँपालिकाका अध्यक्ष प्रोेणप्रताप केसी र उपाध्यक्ष सिर्जना सुवेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
एघार दिनपछि साजनको शव फेला
काठमाडौँको रानीबारीस्थित सामाखुसीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १२ वर्षीय साजन बुढामगरको शव ११ दिनपछि फेलापरेको छ। घरबाट फुटसल खेल्न निस्कनेक्रममा झुक्किएर साउन ७ गते दिउँसो मगर बेपत्ता भएका थिए। वृत्त कीर्तिपुर, फर्पिङ, कालीमाटी, भैँसेपाटीलगायतका प्रहरी इकाइबाट खटिएका ३७ जना प्रहरी टोलीले ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदीकिनारमा शव फेलापारेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले शव सनाखत भइसकेको जानकारी दिनुभयो।
कृषि मन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तबिच भेटवार्ता
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा कृषि मन्त्री भुसाल र राजदूत श्रीवास्तवबिच भेटवार्ता भएको हो ।
फिर्के खोलाको पाँच किलोमिटर सिमाङ्कन
पोखराको फिर्के खोलाको सिमाङ्कन कार्य जारी रहेको छ। साउन ३ गतेदेखि खोलाको सिमाङ्कन गर्न सुरु गरिएकोका अहिलेसम्म पाँच किलोमिटर सिमाङ्कन भएको सर्वेक्षक वासुदेव पौडेलले जानकारी दिनुभयो।
आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबिच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र सङ्घीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबिच भेटवार्ता भएको छ ।
बिजुलीबजारमा सहकारी पीडितद्वारा आन्दोलन (फोटो फिचर)
सहकारी पीडितहरूले काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् ।
लम्पी स्किनले गोठ रित्तिँदै, खेत बाँझै
रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका ५२ वर्षीय बुद्धिबहादुर कामीको दिनमा भोक र रातमा निद्रा हराएको छ। लम्पी स्किन रोगले हलको गोरु मरेपछि बुद्धिबहादुरको भोक र निद्रा दुवै हराएको हो ।
जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारमा सहभागी हुने मुख्य एजेण्डा
जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा बसेको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।
राष्ट्रिय सभा बैठक स्थगन
राष्ट्रिय सभा बैठक स्थगित भएको छ । नेकपा (एमाले) को अवरोधपछि आज (बिहीबार) को बैठक स्थगित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ ।
मण्डला नाटक घरमा ‘युद्धका घाउहरू’ मञ्चन (फोटो फिचर)
मण्डला नाटक घरमा मङ्गलबारबाट नाटक ‘युद्धका घाउहरु’ प्रदर्शन गरिएको छ । अन्जान प्रदीपद्वारा लेखन तथा निर्देशन गरिएको उक्त नाटकमा द्वन्द्वकालका कथा बस्तुलाई प्रस्तुत गरिएको छ ।
ललितपुरमा कौसी खेतीमार्फत सहरी कृषि प्रवर्द्धन परियोजना सुरु
ललितपुर महानगरपालिकामा कौसीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।
संसद् अवरोध गरेर समस्याको समाधान हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभएको छ ।