• ३० वैशाख २०८२, मङ्गलबार

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

blog

काठमाडौँ, साउन  २२  गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल  स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले सम्हाल्नुहुनेछ । रासस